News Portal

जुवाको खालबाट समातिए अर्थमन्त्री खतिवडाका खास मान्छे, लुकाईयो समातिएका ३ महिलाको बिबरण

हिमाली संचार संवाददाता
६३० पटक
२०७७ जेठ २०, मंगलबार

काठमाडौं – सोमबार साँझ पक्राउ परेका घराना व्यवसायीहरु अर्थमन्त्री युवराज खतिवडाका कृपा पात्रहरु रहेको पाइएको छ। खतिवडाले २०७७/०७८ को वजेट पेश गर्नु अघी नै जुवाका खालमा समातिएकाहरुले करको दरको सूचना पाएको मात्र होइन उनीहरुको सुझाव अनुसार पनि कतिपय करका दरहरु तलमाथि गरिएका थिए।

अर्थमन्त्री खतिवडा भएको फाइदा उठाउँदै यो समूहले आफ्नो व्यवसायसँग सम्वन्धित करहरुमा केहि घटाउन सफल मात्र भएन थपिने करको दरको जानकारी पनि पहिल्यै पाएको थियो। विशाल ग्रुपले खतिवडा अर्थमन्त्री भएको सबैभन्दा बढी फाइदा उठाएको थियो।

हुन त खतिवडा लामो समयदेखि विशाल ग्रुपका खास मान्छे रहेको नेपालको व्यवसायिक जगतमा सबैलाई जानकारी नै छ। खतिवडा गभर्नर भएदेखि नै विशाल ग्रुप उनीसँग नजिकिएको थियो। विशाल ग्रुप आजको यो अवस्थामा आइपुग्न पनि खतिवडाको समेत भूमिका भएको मान्छन व्यवसायीहरु। विशाल ग्रुपसँग सम्वन्धि कारोवारहरुमा नीतिगत सहयोग गर्दै आएका कारण ग्रुप पनि उनीसँग अनुग्रहित छ।

एकले अर्कालाई फाइदा पुर्‍याउने नीति अन्तर्गत खतिवडा र विशाल ग्रुपबीच सहकार्य हुँदै आएको स्रोतको दावी छ। वजेट आउनु भन्दा ठ्याक्कै अघी विशाल ग्रुपले एमजी गाडी १७५ वटा भन्सार छुटाएको थियो। सरकारले यो पटक विद्युतीय सवारी साधानमा पनि उल्लेख्य भन्सार बढाएको छ भने विलासिताका बस्तुका रुपमा सवारी साधनमा पनि भन्सार बढाएको थियो।

भन्सार बढ्ने सूचना पाएको विशाल ग्रुपले सवारी साधन नेपाल भित्र्याएकै बेलामा भन्सार छुटाउन तयार भएका अन्य कम्पनीका सवारी साधन भने भन्सार छुट्न पाएका थिएनन। यसबाट मात्रै विशाल ग्रुपले करोडौंको नाफा आर्जन गर्न सक्ने भएको स्रोतको दावी छ।

अर्थमन्त्री नै दाहिना भएको फाइदा विशाल ग्रुपले सवारी साधनमा मात्र होइन आफूले कारोवार गर्ने चकलेटको भन्सार शुल्क घटाउन लगाएर पनि लिएको छ। विशाल समुहो कारोवारसँग मिल्ने कुरामा सो समुहलाई फाइदा पुर्‍याउने सदासयता मन्त्रालयले राखेको अर्थ मन्त्रालय स्रोत बताउँछ। यहि ग्रुपका प्रवन्ध संचालक अशोक अग्रवाल सहितका व्यक्तिहरु जुवा खेल्न जम्मा भएका थिए।

ज्योती लाईफ इन्स्योरेन्सका अध्यक्ष नन्दु शर्मा पनि जुवा खालबाट पक्राउ परेका हुन्। उनीसँगै उनका छोरी ज्वाई तथा कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलका संचालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन्। उनले सो होटलमा खासगरि मारवाडी समुदाय र धनाढ्यहरुका लागि जुवा खेलाउँदै आएका थिए।

जुवाको खालबाट पक्राउ पर्नेमा त्रिवेणी ग्रुपका निर्देशक रामचन्द्र संघाई पनि परेका छन्। उनी एनआइसी एशिया बैंकका संचालक समेत हुन्। सूर्य लाइफ इन्सूरेन्सका संचालक विशाल अग्रवालका पिता शुरेस अग्रवाल पनि जुवाखालबाट पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको वृत्तका डीएसपी रञ्जन दाहालले जानकारी दिए। तर उनीहरुसँगै पक्राउ परेका ३ महिलाहरुको बारेमा भने प्रहरीले सूचना लुकाएको छ। उनीहरुको बारेमा कस्को दवावमा प्रहरीले सूचना लुकाएको हो खोजिको विषय भएको छ।

पक्राउ परेका भिआइपी जुवाडेहरुलाई म्याद थपका लागि प्रहरीले प्रक्रिया थालेको छ। जुवा ऐनअन्तर्गत अन्तर्गत मुद्दा चलाउनका लागि जिल्ला प्रसासन कार्यालय काठमाडौंमा लैजान लागिएको हो। हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...