News Portal

  • जनता कोरोना र भोकले मरेकाबेला राष्ट्रपति भण्डारीलाई करोडको गलैचा

    हिमाली संचार संवाददाता
    ११८९ पटक
    २०७७ जेठ १९, सोमबार

    काठमाडौं – राष्ट्रपति कार्यालयमा १ करोडको गलैचा फेर्ने लागेको छ। लकडाउनका कारण खान नपाएर जनता मरेका छन्।

    कोरोना भाइरसका कारण ८ जनाले ज्यान गएको छ। यस्तो बेला राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक करोडको गलैचा फेर्न लागिएको हो।

    कोरानाका संक्रमितलाई उचार गर्न भेन्टिेलटर छैनन्। क्वारेन्टाइनहरूको बिजोग रहेका बेला राष्ट्रपति भण्डारी बस्ने घरमा यति महँगो गलैचा परिवर्तन गर्न थालेपछि आलोचना भएको छ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएको राष्ट्रपति भण्डारी बस्ने नयाँ भवनमा महँगो गलैचा फेर्न लागिएको स्रोतले जनाएको छ।

    हिमालयन डेकोरले गलैचा फेर्न लागेको छ। त्यसको टेण्डर डेकोरले पाएको छ। यो कम्पनी गण्डकी प्रदेशका नेकपा सांसद गुरुङको हो। गुरुङ तनहुँ–१ ‘क’ बाट निर्वाचित भएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको...

    आज २०८२ साल भदौ १० गतेको राशिफल

    आज भदौ १०, २०८२ (अगस्त २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...