News Portal

उडान गर्न तयार भयो त्रिभुवन विमानस्थल

चन्द्रबहादुर आले
७७१ पटक
२०७७ जेठ १८, आइतबार

काठमाडौं – कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग। साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा छ।

सोही कारण यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी थालेका छन्। सोही क्रममा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको छ।

अब विमानस्थलमा एक अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ। कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम हुनेछ। यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने भएको छ।

अन्तर्राष्ट्रिय उडानमा अब साविकको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अब विमानस्थल सुरक्षा प्रवन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको जानकारी दिए।

लकडाउन र व्यवसायिक उडान प्रतिबन्धका बीच पनि यस विमानस्थलबाट ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन्। यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको कामसमेत गरिएको उनले जानकारी दिए।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरिरहेको छ। यसअवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र हो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...