News Portal

  • रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा पूर्वसांसद शाहसहितले गरे माइतीघरमा प्रदर्शन

    हिमाली संचार संवाददाता
    ५३६ पटक
    २०७७ जेठ १४, बुधबार

    काठमाडौं – अन्तरजातीय विवाहको निहुँमा रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

    नेपाल दलित विद्यार्थी सङ्घको नेतृत्वमा आज दिउँसो प्रदर्शनमा उत्रेका युवाहरुले ‘नवराज विक हत्या प्रकरणका दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही होस्’ र ‘घटनालाई राजनीतिकीकरण नगरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए।

    शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ।

    मृतक नवराजको लाश भेरी नदीमा भेटिएको थियो। नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको लाश पनि भेरी नदीमा भेटिएको छ। सोही घटनामा अन्य तीनजना बेपत्ता छन्।

    यस घटनाको विषयलाई लिएर निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले आवाज उठाउँदै आएका छन्।

    प्रदर्शनमा जाजरकोटका पूर्वसांसद राजिव विक्रम शाहले संविधानमा जातिय विभेद अन्त्य हुनुपर्ने कुरा लेखिएको भए पनि व्यवहारमा नदेखिएको गुनासो गर्नुभयो।

    शाहले जनचेतनाका अभावमा अहिले पनि गाउँमा छुवाछुतजस्तो विभेद रहेको भन्दै सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउँनुभयो।

    सरकारले यस प्रकरणलाई छानविन गर्नका लागि ‘पाँच सदस्यीय समिति गठन’ गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले यस्तो जानकारी दिनु भएको हो।

    गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको हो।

    समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ। यही जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ आउला बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा विवाद भएको थियो।

    मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच विवाद हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए।

    जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामन्य घाइते भएको र केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिनुभयो।

    हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ। अहिले जाजरकोटमा पनि प्रदर्शन चर्काउन थालिएको छ।

    मन्त्री थापाका अनुसार मृतक नवराज विकको लाश जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीच भागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको लाश जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ।

    हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ। मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ। बेपत्ताको खोजीका लागि आवश्यकता अनुसार गोताखोरसमेत परिचालन गरिने उहाँको भनाइ छ।

    नवराज विकसहितको समूहमा गएको रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का गोपाल बुढाथोकी बीच बाटोबाटै फर्केको, घाइते सुदीप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिनुभयो।

    केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताउनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...