News Portal

अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार

हिमाली संचार संवाददाता
६७९ पटक
२०७७ जेठ १४, बुधबार

काठमाडौं – पत्रकार अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। तेज तिर्थ ट्रष्टले पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए।

एक लाख राशीको यो पुरस्कार सिवाकोटीसँगै राष्ट्रिय समाचार समितिकी पहिलो महिला महाप्रवन्धक वरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ।

दुई जनालाई संयुक्त रुपमा प्रदान गरिने भएकाले दुवै जनालाई जनही पचास हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने नेपालले जनाए।

यसअघि शिवाकोटीलाई अन्तर्राष्ट्रिय पत्रकारहरुको नेपाली संस्था इन्जाले एक हजार अमेरिकी डलरको इन्जा साहसिक पत्रकार पुरस्कार प्रदान गरेको थियो।

त्यस्तै शिवाकोटीले कानुन पत्रकारिता पुरस्कार पनि पाएका थिए। शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव र हाम्राकुरा डटकमका प्रधानसम्पादक समेत हुन्।

तेज तिर्थ ट्रष्टका अन्य पुरस्कारहरु !

ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार भने प्रजातन्त्र सेनानी शिव कंगाललाई दिने निर्णय गरेको छ। पञ्चायत विरुद्वको आन्दोलनका योद्वा कंगाललाई विगत पाँच दशक यता मूल्य र मान्यताको राजनीतिमा पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कारको राशी पनि एक लाख र प्रमाणपत्र रहेको छ।

त्यसैगरी जनही पचास हजार पुरस्कार राशी र र प्रमाणपत्र रहेको जुजुभाई नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छनोट समितिका संयोजक, सांसद एवं पूर्वमन्त्री भिमसेनदास प्रधानले जानकारी दिए।

उनीहरुलाई नेपाल भाषाको इतिहास र साहित्य तर्फ पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रधानले बताए। प्रधानको संयोजकत्वमा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार प्रदान गर्ने व्यक्तिहरुको छनोट गरेको हो।

हरेक बर्षको गणतन्त्र दिवसका अवसरमा प्रदान गर्ने गरिएको यो पुरस्कार यस बर्ष भने कोरोना भाईरसको महामारी सामान्य भएपछि प्रदान गरिने ट्रष्टले जनाएको छ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा एक करोड रुपैयाँ राशीको कोष स्थापना गरेका हुन्। त्यसैको व्याजबाट हरेक वर्ष, तीन विधामा पुरस्कार वितरण गरिँदै आएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...