News Portal

अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार

हिमाली संचार संवाददाता
६२९ पटक
२०७७ जेठ १४, बुधबार

काठमाडौं – पत्रकार अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। तेज तिर्थ ट्रष्टले पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए।

एक लाख राशीको यो पुरस्कार सिवाकोटीसँगै राष्ट्रिय समाचार समितिकी पहिलो महिला महाप्रवन्धक वरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ।

दुई जनालाई संयुक्त रुपमा प्रदान गरिने भएकाले दुवै जनालाई जनही पचास हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने नेपालले जनाए।

यसअघि शिवाकोटीलाई अन्तर्राष्ट्रिय पत्रकारहरुको नेपाली संस्था इन्जाले एक हजार अमेरिकी डलरको इन्जा साहसिक पत्रकार पुरस्कार प्रदान गरेको थियो।

त्यस्तै शिवाकोटीले कानुन पत्रकारिता पुरस्कार पनि पाएका थिए। शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव र हाम्राकुरा डटकमका प्रधानसम्पादक समेत हुन्।

तेज तिर्थ ट्रष्टका अन्य पुरस्कारहरु !

ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार भने प्रजातन्त्र सेनानी शिव कंगाललाई दिने निर्णय गरेको छ। पञ्चायत विरुद्वको आन्दोलनका योद्वा कंगाललाई विगत पाँच दशक यता मूल्य र मान्यताको राजनीतिमा पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कारको राशी पनि एक लाख र प्रमाणपत्र रहेको छ।

त्यसैगरी जनही पचास हजार पुरस्कार राशी र र प्रमाणपत्र रहेको जुजुभाई नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छनोट समितिका संयोजक, सांसद एवं पूर्वमन्त्री भिमसेनदास प्रधानले जानकारी दिए।

उनीहरुलाई नेपाल भाषाको इतिहास र साहित्य तर्फ पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रधानले बताए। प्रधानको संयोजकत्वमा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार प्रदान गर्ने व्यक्तिहरुको छनोट गरेको हो।

हरेक बर्षको गणतन्त्र दिवसका अवसरमा प्रदान गर्ने गरिएको यो पुरस्कार यस बर्ष भने कोरोना भाईरसको महामारी सामान्य भएपछि प्रदान गरिने ट्रष्टले जनाएको छ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा एक करोड रुपैयाँ राशीको कोष स्थापना गरेका हुन्। त्यसैको व्याजबाट हरेक वर्ष, तीन विधामा पुरस्कार वितरण गरिँदै आएको छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...