News Portal

  • जनसम्पर्क समिती ओमानको पहिलो क्षेत्रीय समिती गठन

    हिमाली संचार संवाददाता
    ९९८ पटक

    ओमान – नेपाली जनसम्पर्क समिती ओमानले शुक्रबार ओमानको पहिलो क्षेत्रीय समितीको गठन गरेको छ। ओमानको सोहारमा भएको भेलाबाट शुक्रबार मोहमद सेराजुदिनको संयोजकमा १३ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ।

    संस्थाका सभापति फर्सुराम पोख्रेलको अध्यक्षता भएको भेलालाई महामन्त्री नवीन पगेनीले संचालन गर्नु भएको थियो भने उपसभापतिहरु शालिक चापागाईं र संजय शाह साथै उपमहामन्त्री अनिल पौडेलको उपस्थितमा गठन गरीएको हो।

    संयोजकमा मोहम्मद सेराजुदिन चयन भएका छन् भने सदस्यहरुमा इमामुद्दिन मुसलमान, समसेद अनसारी, मोहम्मद इमदातआलम, मन्जार आलाम अन्सारी, रिजवान अन्सारी, शेख हेजातुल्लाह, नसिर अहमद अन्सारी, मोहम्मद जौवात आलाम, शेख अन्वर, कमरुद्दिन अन्सारी, शेखमिजिउल्लाह र लालबाबु अन्सारी चयन भएका छन।

    समितिका सम्पुर्ण संयोजक तथा सदस्यहरुलाइ सभापति फर्सुराम पोख्रेलले पद तथा गोपनियताको सपत गराउनु भएको थियो साथै उपसभापति शालिक चापागाईं र संजय शाहले संस्थाको बारेमा जानकारी दिनका साथै सम्पुर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सभापतिले कार्यक्रम समापन घोषणा भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...