News Portal

  • कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलित

    हिमाली संचार संवाददाता
    ६०० पटक
    २०७७ जेठ ६, मंगलवार

    छिन्चु – सुर्खेतको भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।

    प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा कोरोना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

    सोही निर्णय बमोजिम नेपाली सेनाले उल्लेखित ठाउँमा क्वारेन्टिन निर्माण समेत थालिसकेको थियो। सय बेडको क्वारेन्टिन निर्माण गर्न लागेको सेनाले स्थानीयको विरोधका कारण दुईवटा मात्रै टागेको छ।

    कोरोना त्रास हामीलाई पनि छ बस्तीको बिचमा भारतबाट आएका नागरिकलाई राख्न दिदैनौ भनि स्थानीयले बिरोध गरेका छन। प्रदेश सरकारले आफनो निर्णय तत्काल सच्चाउन नगरपालिकाले समेत आग्रह गरेको छ।

    मंगलबार बसेको नगरपालिका र सर्वदलिय बैठकले छिन्चुमा क्वारेन्टाइन राख्ने निर्णय अस्विकार गर्ने निर्णय गरेको हो। सर्वदलीय बैठकबिच पत्रकार सम्मेलन गर्दै नगर प्रमुख भुपेन्दबहादुर चन्दले छिन्चुको ब्यस्त बजार र शहरी ईलाकामा क्वारेन्टाइन राख्ने कदमको नगरबासी, स्थानीयबासीबाट व्यापक विरोध र आवाज उठेकोले नगरपालिकालाई प्रदेश सरकारको निर्णय स्विकार्य नभएको बताउनुभयो।

    यस्तै नगरबासीको लागि क्वारेन्टाइन व्यवस्थापन, भारतबाट उद्वार गरि उपचारमा प्रतिबद्व रहेको र संघीय सरकारको निर्णय अनुसार सवारी आवतजावतमा सहयोग र सहज गरिने जानकारी दिनुभयो।

    कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, चारवटै सुरक्षा अंगका प्रदेश प्रमुख सम्मिलित अनुगमन समितिले भेरीगंगा नगरपालिका–१० मदानेचौर, वडा १२ को मेलालाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र नगरपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकीमा परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

    कोरोना संक्रमण भएका जिल्ला र भारतबाट आएका आफन्तलाई समेत बस्न नदिइरहेकाबेला भारतबाट आउने प्रदेश भरका नागरिकलाई सरकारले बस्तीको बीचमा राख्न खोजेको आरोप लगाउदै कर्णाली प्रदेश भित्रिने मुख्य बजार छिन्चुमा सर्वदलिय बैठकले विरोध जनाएका छन।

    प्रदेशको मुख्य नाका बबई अथवा मानव बस्ती नभएको एकान्त ठाउँमा क्वारेन्टिन स्थापना गर्नुपर्ने उनिहरुको धारणा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...