News Portal

समाजसेवी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग

हिमाली संचार संवाददाता
७०३ पटक
२०७७ जेठ ६, मंगलवार

काठमाडौं – विश्वभरी कोभिड–१९ को महामारीले विश्व आतंकित बनेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन्।

ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप संकटको अवस्था सिर्जना गरेको छ। विसम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार तथा समाजसेवी दिलिप योन्जनले थप १२ परिवारलाई राहत प्रद्धान गरेका छन।

उनले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ३० परिवारलाई र सोमबार १२ परिवार गरी जम्मा ४२ परिवारलाई राहत प्रद्धान गरेका हुन। जसको समन्वय साहित्यकार बिना थिङ र डोल्मा तामाङले गरेकि थिईन।

उनले पहिलो पटक ६६ हजार ३ र दोस्रो पटक २६ हजार ७ सय ५७ गरी जम्मा ९२ हजार ७ सय ६० रुपैया बराबरको राहत स्वरुप चामल, तेल र दाल वितरण गरेकोे जानकारी दिएका छन।

लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउदैँ साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपा जस्तो बिलाउँदै गएको छ। त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको छु।’

अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि आफनो मातृभुमी प्रतिको अगाढ माया र स्नेहको कारण अरुको दु:खमा मलम लगाउने कार्य गरेको उनले बताए।

उनले यसअघि ०७२ को भुकम्पमा पनि राहत प्रदान गरेका थिए भने, उनले असाय तथा अनाथ ६५ जना बालबालिकालाई शिक्षाको अभावमा कोही पनी बस्नु नपरोस भनेर विगत वर्ष देखी पूर्ण छात्रवृत्ति दिदै आएका छन।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...