News Portal

समाजसेवी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग

हिमाली संचार संवाददाता
७६७ पटक
२०७७ जेठ ६, मंगलवार

काठमाडौं – विश्वभरी कोभिड–१९ को महामारीले विश्व आतंकित बनेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन्।

ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप संकटको अवस्था सिर्जना गरेको छ। विसम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार तथा समाजसेवी दिलिप योन्जनले थप १२ परिवारलाई राहत प्रद्धान गरेका छन।

उनले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ३० परिवारलाई र सोमबार १२ परिवार गरी जम्मा ४२ परिवारलाई राहत प्रद्धान गरेका हुन। जसको समन्वय साहित्यकार बिना थिङ र डोल्मा तामाङले गरेकि थिईन।

उनले पहिलो पटक ६६ हजार ३ र दोस्रो पटक २६ हजार ७ सय ५७ गरी जम्मा ९२ हजार ७ सय ६० रुपैया बराबरको राहत स्वरुप चामल, तेल र दाल वितरण गरेकोे जानकारी दिएका छन।

लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउदैँ साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपा जस्तो बिलाउँदै गएको छ। त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको छु।’

अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि आफनो मातृभुमी प्रतिको अगाढ माया र स्नेहको कारण अरुको दु:खमा मलम लगाउने कार्य गरेको उनले बताए।

उनले यसअघि ०७२ को भुकम्पमा पनि राहत प्रदान गरेका थिए भने, उनले असाय तथा अनाथ ६५ जना बालबालिकालाई शिक्षाको अभावमा कोही पनी बस्नु नपरोस भनेर विगत वर्ष देखी पूर्ण छात्रवृत्ति दिदै आएका छन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...