News Portal

गोकुल बाँस्कोटाको ७० करोड कमिशन काण्डमा ज्यान लिने षड्यन्त्रमा मुछिए सांसदद्धय आले र पाठक, मिश्रले दिए प्रहरीमा उजुरी

हिमाली संचार संवाददाता
८५७ पटक
२०७७ जेठ ६, मंगलवार

काठमाडौं – ७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले प्रहरीमा उजुरी दिएका छन्।

लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन्।

सांसदत्रय बाँस्कोटा, सूर्य पाठक र प्रेम आलेबाट आफ्नो र परिवारको जिऊ धन जोखिममा रहेको भन्दै मिश्रले निवेदन दिएका हुन्। पाठक बागलुङ १ र आले डोटीबाट निर्वाचित सांसद हुन्।

मिश्रले आफ्नो चरित्र हत्या गर्न सांसदत्रयसँगै सुरक्षण मुद्रण कम्पनीका कार्यकारी निर्देशक विकल पौडेल पनि लागि परेको निवेदनमा उल्लेख गरेका छन्।

मिश्रले केही दिनअघि ४ जना युवाले उनको घरको तस्बिर खिचेर लगेको र बाँस्कोटाले नै घरको ठेगाना ती युवालाई दिएको निवेदनमा उल्लेख समेत गरेका छन्।

उनले टोखा नगरपालिका ११ बैकुण्ठपुरीमा पर्ने उनको घरको तस्बिर लिने उनीहरुमध्ये २ जना भारतीय नागरिक जस्ता देखिएको समेत उल्लेख गरेका छन्।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन खानका लागि ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए। त्यो अडियो पहिलोपटक हाम्राकुराडटकमले बाहिर ल्याएको थियो।

त्यसपछि वाध्य भएर बाँस्कोटाले पदबाट राजीनामा नै दिनु परेको थियो। मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक संजालमा व्यस्त देखिने पूर्वमन्त्री बाँस्कोटा त्यसमा मात्र सीमित नरहेको देखिएको छ।

सांसद अपहरण काण्डमा समेत मुछिएको आरोप लागेका बाँस्कोटा मिश्रविरुद्ध मानिस परिचालन गर्ने मामलामा समेत मुछिएबाट उनको गतिविधि शंकास्पद रहेको देखिएको छ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिना हुँदै आएका छन्। मन्त्री पद खुस्के पनि उनी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन्। (हाम्राकुराबाट)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...