News Portal

गोकुल बाँस्कोटाको ७० करोड कमिशन काण्डमा ज्यान लिने षड्यन्त्रमा मुछिए सांसदद्धय आले र पाठक, मिश्रले दिए प्रहरीमा उजुरी

हिमाली संचार संवाददाता
८७४ पटक
२०७७ जेठ ६, मंगलवार

काठमाडौं – ७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले प्रहरीमा उजुरी दिएका छन्।

लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन्।

सांसदत्रय बाँस्कोटा, सूर्य पाठक र प्रेम आलेबाट आफ्नो र परिवारको जिऊ धन जोखिममा रहेको भन्दै मिश्रले निवेदन दिएका हुन्। पाठक बागलुङ १ र आले डोटीबाट निर्वाचित सांसद हुन्।

मिश्रले आफ्नो चरित्र हत्या गर्न सांसदत्रयसँगै सुरक्षण मुद्रण कम्पनीका कार्यकारी निर्देशक विकल पौडेल पनि लागि परेको निवेदनमा उल्लेख गरेका छन्।

मिश्रले केही दिनअघि ४ जना युवाले उनको घरको तस्बिर खिचेर लगेको र बाँस्कोटाले नै घरको ठेगाना ती युवालाई दिएको निवेदनमा उल्लेख समेत गरेका छन्।

उनले टोखा नगरपालिका ११ बैकुण्ठपुरीमा पर्ने उनको घरको तस्बिर लिने उनीहरुमध्ये २ जना भारतीय नागरिक जस्ता देखिएको समेत उल्लेख गरेका छन्।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन खानका लागि ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए। त्यो अडियो पहिलोपटक हाम्राकुराडटकमले बाहिर ल्याएको थियो।

त्यसपछि वाध्य भएर बाँस्कोटाले पदबाट राजीनामा नै दिनु परेको थियो। मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक संजालमा व्यस्त देखिने पूर्वमन्त्री बाँस्कोटा त्यसमा मात्र सीमित नरहेको देखिएको छ।

सांसद अपहरण काण्डमा समेत मुछिएको आरोप लागेका बाँस्कोटा मिश्रविरुद्ध मानिस परिचालन गर्ने मामलामा समेत मुछिएबाट उनको गतिविधि शंकास्पद रहेको देखिएको छ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिना हुँदै आएका छन्। मन्त्री पद खुस्के पनि उनी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन्। (हाम्राकुराबाट)

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...