News Portal

  • मुम्बईबाट फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

    हिमाली संचार संवाददाता
    ४५८ पटक
    २०७७ जेठ ४, आईतबार

    काठमाडौं – भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन्। ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन्।

    जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको हेटौंडाका एक जना, नवलपरासीका एकजना र धनगढीका एक जना रहेका छन्। सीमा नाकामै रोकिएका उनीहरु मुम्बईबाट वैशाख ३१ गते हिडेका थिए।

    सीमा नाकामा रोकिएका मध्ये माडी-५ बरमपुरीका २७ वर्षीय लेखनारायण (राजन) लामिछानेले अनलाइनखबसँग भने, ‘भारतीय सीमा सुरक्षाबल एसएसबीले हामीलाई भिखना ठोरी बजारमा रहेको एउटा विद्यालयमा राखेका छन्। नेपालबाट सम्बन्धित पक्ष लिन आएमा छाडिदिने र नभए भोलि नरकटियागंजतर्फ नै फर्काइदिने बताएका छन्। त्यसैले हाम्रो छिटो भन्दा छिटो उद्धार होस्।’

    भारतबाट हामीले मेडिकल सर्टिफिकेट समेत साथमा लिएर आएको भन्दै लामिछानेले भने, ‘अलपत्र परेका हामी सबैका स्थानीय तहका प्रमुखलाई जानकारी गराइ सकेका छौं। त्यसैले हाम्रो उद्धारमा ढिलाइ नहोस्।’

    सीमा नाकामा आइपुगेका नेपालीको बारेमा सम्बन्ति निकायको ध्यानाकार्षण गराउने काम भइसकेको प्रहरी निरीक्षक दाहालले बताए। माथिल्लो तहको निर्देशनविना उनीहरुको उद्धार गर्न नसकिने दाहालले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...