News Portal

मुम्बईबाट फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

हिमाली संचार संवाददाता
५२१ पटक
२०७७ जेठ ४, आईतबार

काठमाडौं – भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन्। ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन्।

जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको हेटौंडाका एक जना, नवलपरासीका एकजना र धनगढीका एक जना रहेका छन्। सीमा नाकामै रोकिएका उनीहरु मुम्बईबाट वैशाख ३१ गते हिडेका थिए।

सीमा नाकामा रोकिएका मध्ये माडी-५ बरमपुरीका २७ वर्षीय लेखनारायण (राजन) लामिछानेले अनलाइनखबसँग भने, ‘भारतीय सीमा सुरक्षाबल एसएसबीले हामीलाई भिखना ठोरी बजारमा रहेको एउटा विद्यालयमा राखेका छन्। नेपालबाट सम्बन्धित पक्ष लिन आएमा छाडिदिने र नभए भोलि नरकटियागंजतर्फ नै फर्काइदिने बताएका छन्। त्यसैले हाम्रो छिटो भन्दा छिटो उद्धार होस्।’

भारतबाट हामीले मेडिकल सर्टिफिकेट समेत साथमा लिएर आएको भन्दै लामिछानेले भने, ‘अलपत्र परेका हामी सबैका स्थानीय तहका प्रमुखलाई जानकारी गराइ सकेका छौं। त्यसैले हाम्रो उद्धारमा ढिलाइ नहोस्।’

सीमा नाकामा आइपुगेका नेपालीको बारेमा सम्बन्ति निकायको ध्यानाकार्षण गराउने काम भइसकेको प्रहरी निरीक्षक दाहालले बताए। माथिल्लो तहको निर्देशनविना उनीहरुको उद्धार गर्न नसकिने दाहालले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...