News Portal

सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा सशस्त्रको टोली

लोकेन्द्रप्रसाद जोशी
८७५ पटक
२०७७ बैशाख ३१, बुधबार

दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ।

बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन्।

दार्चुलाको कालापानी भन्दा १३ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु दार्चुला सदरमुकाम खलंगामा तयारी अवस्थामा राखिएको छ।

गत मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बिओपी राख्ने निर्णय गरे पनि हिमपात र लकडाउनका कारण ढिलाइ भएको थियो।

छाङरुमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकोले तत्काल गागास्थित स्थानीयको घर भाडामा लिएर बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ५० हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग सीमाना जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि सरकारले तत्काल कालापानी क्षेत्रमा सशस्त्र खटाउने निर्णय कार्यान्वयन गरेको जनाएको छ।

सशस्त्रसंगै उक्त हेलिकोप्टरमा सई हर्कसिह महताको नेतृत्वमा ९ जना नेपाल प्रहरी पनि छाङरु जाने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो। रासस

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...