News Portal

नेपालका लागि पूर्वब्रिटिस राजदूत रिचर्ड मोरिस अझै सम्पर्क विहीन

हिमाली संचार संवाददाता
५५१ पटक
२०२० मे १२, मंगलबार

लन्डन – मे ६ देखि हराइरहेका नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको ब्रिटिस प्रहरीले जनाएको छ। ब्रिटेनको ह्याम्पसायर प्रहरीले बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान १०:३० बजे दौड्न घरबाट निस्किएको तर त्यसपछि परिवारसग सम्पर्कमा नआएको जनाएको छ।

प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आ–आफ्ना घरका बगैंचा, भण्डार गृह आदिमा चेक गर्न आग्रह पनि गरेको छ। कुनै स्थानीय बासिन्दा वा व्यवसायसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खोजी कार्यमा सघाइरहेका हयाम्पसायर सर्च एण्ड रेस्क्यू टोलीका स्वयंसेवकहरुलाई धन्यवाद पनि दिएको छ।

उनले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए। ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउँदो जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो। उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ।

उनले लामो बाहुला नीलो जिपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले बताएको छ। प्रहरीले आफूसँग व्यवसायिक खोजकर्ता समूह रहेको र उनीहरुले स्थानीय क्षेत्रमा गहन रुपले खोजी गरिरहेको भन्दै विश्वस्त पारेको छ।

बेलायतको विदेश मन्त्रालय (एफसीओ) मा प्यासिफिक डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका मोरिस सम्पर्कविहीन भएको खबरले आफूहरु चिन्तित भएको भन्दै एफसीओले उनी छिट्टै सकुशल भेटिने अपेक्षा व्यक्त गरेको छ ।

नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । विशेषगरी ब्रिटेन नेपाल च्याम्बर अफ् कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...