News Portal

कांग्रेसका तीन सांसदले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव, विदेशमा अप्ठ्यारोमा परेकालाई राहत हुने

हिमाली संचार संवाददाता
५९८ पटक
२०७७ वैशाख २९, सोमबार

काठमाडौं – विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्।

आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ। जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ।

यस्तै भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ। यसरी ल्याएकालाई परीक्षण गरेर घर पठाउने तथा भारतमै रहेका तर खाना र आवासको समस्या भएकालाई दूतावासमार्फत व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

यसका साथै अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा नभएका तर आफ्नै खर्चमा फर्किन चाहेनहरुलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने तीन सांसदको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...