News Portal

संसद् महासचिवमा डा. गौतम नियुक्त

हिमाली संचार संवाददाता
४२४ पटक
२०७७ वैशाख २३, मंगलबार

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा. गौतमलाई सङ्घीय संसद्का महासचिवमा नियुक्त गरिएको हो।

डा. गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुनुहुन्छ। डा. गौतम वरिष्ठ सचिवका रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत हुनुहुन्थ्यो।

विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गर्नुभएका उहाँले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ।

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्नुहुनेछ। मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले कार्यभार सम्हाल्नुहुनेछ।

तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकका रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हाल्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...