News Portal

  • नेकपा सचिवालय बैठक : माफी माग्दै पद जोगाउँदै प्रधानमन्त्री ओली

    मधुसूदन रायमाझी
    ४९४ पटक
    २०७७ वैशाख २१, आईतवार

    काठमाडौं – सरकार सञ्चालनमा भएको कमजोरीको विषयलाई लिएर प्रधानमन्त्रीएवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माफी (आत्मआलोचना) मागेर अहिलेको विवाद टुंग्याउनुभएको छ।

    सरकारले ल्याएको दुई अध्यादेशपछि बढेको आन्तरिक विवाद समाधान गर्न उहाँले आत्मआलोचना गर्नुभएको हो। सरकार गठन भएपछि प्रधानमन्त्री ओलीले पहिलो पटक पार्टीको सचिवालय बैठकमा कमजोरी गरेको स्वीकार गर्दै आत्मआलोचना गरेर दुवै पद जोगाउनुभएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीओलीले आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध गरेर लैजानकमजोरी नदोहोर्‍याउने प्रतिबद्धता गर्नुभएको छ।

    – सचिवालय २४ गते र स्थायी समिति २५ गते बस्ने,
    – उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय।

    पार्टीभित्रएकलौटी ढंगले अगाडि बढ्दै गएको भन्दै नेकपाभित्र प्रधानमन्त्री ओलीको आलोचना हुँदै आएको थियो। विवादास्पद अध्यादेश ल्याएपछि पार्टीको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राजीनामा नै माग्नुभएको थियो। सचिवालयमा उपाध्यक्ष वामदेव गौतमलाई कोरोनापछिको भावी प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा ल्याएपछि नेकपाभित्रको विवाद तत्कालको लागि टरेको छ।

    बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिस्ट मूल्य मान्यता अनुसार सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो।

    उहाँले बैठकले सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्यहासिलगर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएको जानकारी दिनुभयो।

    पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमी कमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले समेत आत्मालोचना गर्नुभएको छ, श्रेष्ठले भन्नुभयो।

    बैठकमा अर्का अध्यक्ष प्रचण्ड र अरु सचिवालय सदस्यहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ। बैठकले पार्टीलाई फुटन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागीनहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

    यसैगरी बैठकले उपाध्यक्षबामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ। सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय कार्यान्वयन हुन नसकिरहेको बेलापुनःगौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ। गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नु भएको थियो।

    प्रवक्ता श्रेष्ठले यही वैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको बताउँदै वैशाख २४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो।

    पार्टी भित्रको आन्तरिक विवाद चर्किदै गएपछि प्रचण्ड – नेपाल पक्षका २० जना स्थायी समितिका सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक बोलाउन लिखित रुपमा अध्यक्षद्वय ओली र प्रचण्डसँग माग गरेकाथिए।

    शनिवार बसेको सचिवालय बैठकमा पार्टीभित्रको विवाद मत्थर पार्नको लागि अध्यक्ष ओली र प्रचण्डको कुर्सी समान आसनमा राखिएको थियो।

    पार्टी एकतापूर्व नै दुवै अध्यक्षको हैसियत समानहुने भनिएपनि प्रचण्डले कार्यकारी भूमिकापाउन सक्नुभएको छैन। बुधवार सचिवालय बैठक हुनुअघि प्रधानमन्त्री ओलीले शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री निवास वालुवाटारमा प्रचण्डसँग छुट्टै भेट गर्नुभएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

    काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको...

    देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

    काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग...

    दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

    दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको...

    पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

    काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक...

    कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

    विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र...