News Portal

यि जनप्रतिनिधिले व्यक्तिगत खर्चमा बाँडे सय परिवारलाई राहत !

हिमाली संचार संवाददाता
५८१ पटक

बागलुङ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन्।

व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र दलित समुदायका १ सय परिवारलाई राहत दिएका हुन्। सदरमुकामबाट एक ट्रयाक्टर सामान लिएर गएपछि शुक्रबार उनले प्रतिपरिवार ३० केजीका दरले चामल बाँडेका हुन्।

सदरमुकामदेखि उनले ३ हजार केजी चामल लगेका थिए। त्यस्तै रसाईलीले नुन र तेल पनि बितरण गरेका थिए। लकडाउनको कारण मजदुरी गर्न नपाएर रोजगारी गुमेको तथा खान पाएनौ भन्नेलाई उनले नामाबली तयार पारेपछि शुक्रबार लगेर बितरण गरेका हुन्।

नगरपालिकाले बितरण गर्ने अभियान बनाइरहेकै बेला वडा सदस्यले व्यक्तिगत खर्चमा गरेको सहयोगले वडाबासीलाई धेरै राहत मिलेको वडाध्यक्ष जितबहादुर रानाले बताए।

यसअघि रसाईलीले नगरपालिकाबाट पाएको तलब पनि खर्चेर बिद्यालयहरुमा बालबालिकाको पढाईका लागि बितरण गरेका थिए। साथै, उनले व्यक्तिगत खर्चमा स्टेशनरी र अन्य आबस्यक सामाग्री बितरण गरेका थिए।

बिद्यालय पढ्ने बेलामा आफु र आफ्नो परिवारले भोगेको दुःख र अभाव सम्झेर अहिले राहत दिएको हुँ’ उनले भने, ‘आर्थिक अबस्था कमजोर भएकै कारण कोही भोकै बस्नु नपरोस भनेर आफ्नै वडामा सामाग्री लिएर आएको हुँ। उनको सामाजिक भावना देखेर वडाबासी खुसी समेत भएका छन्।

राहत बितरण कार्यक्रममा कांग्रेस महाधिवेसन प्रतिनिधि हरिहर शर्मा, कांग्रेस जिल्ला सहसचिव सिताराम रसाईली, नेपाल रेडक्रस सोसाइटी बागलुङका मन्त्री बिकास पौडेल लगायतले उनको सेवा भावको प्रशंसा गरेका थिए।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...