News Portal

  • राप्रपाका नेताद्वय कार्की र कटवालद्वारा ट्राफिक प्रहरीलाई माक्स हस्तान्तरण

    कर्ण बहादुर अधिकारी
    ७०६ पटक
    चैत २६, २०७६ बुधबार

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन अन्तराष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका उपाध्यक्ष तथा राप्रपाका युवा नेता हिकमत जंग कार्कि र राप्रपाका युवा नेता कैलाश कटवालद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल तथा प्रवक्ता जीवन श्रेष्टको माझ ट्राफिक कार्यालय रामशाहपथ काठमाडौंमा पुगी ६ सय थान मास्क हस्तान्तरण गर्नु भएको छ।

    दिनरात नभनी जीवनको प्रबाह नगरी जनताको सेवाका खट्टिने प्रहरीहरूमा हार्दिक अभार प्रकट गर्नु भएको छ। सबै राजनीतिक दलका युवा नेताहरूलाई पनि यस्तो जटिल परीस्थितिमा नेपाली जनताको सहयोगमा खटिनका लागि अपील समेत गर्नु भएको छ।

    यस्तो अबस्थामा यो पार्टी त्यो पार्टी नभनी नेपाली जनताको हितमा लाग्नु नै राम्रो हो भन्नु हुन्छ कार्की। राप्रपाले पनि कोरोना नियन्त्रण कोषमा यसअघि नै पाँच लाख रुपैया दिने घोषणा गरी सकेको छ।

    सो माक्स हस्तान्तरणको अबसरमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भरमग्दुर प्रयास गरिरहेका छन् भने नेपाल सरकारको प्रयास सकारात्मक छ यस्तो अबस्थामा हरेक नागरीकले सरकारको यो अभियानमा साथ दिनुपर्नेमा जोड दिदै आफूहरुले सहयोग गर्न चाहेको बताए।

    सचिव कार्की र कटवालले सुरक्षा निकायमा रही कठिन समयमा पनि सडकमा खट्ने ट्राफिक प्रहरीलाई सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गर्नु भएको छ।

    युवा संगठनका उपाध्यक्ष कटवालले केहि दिन पश्चात फिल्डमा खटिने राष्ट्रका चौथो अंग पत्रकारहरूलाई पनि माक्स बितरण गर्ने कुराको जानकारी समेत गराउनु भएको छ।

    सो अवसरमा एसएसपी ढकालले नेपालीमा सहयोगको भावना प्रबल रहेको र नागरिक तहबाट हुने यस प्रकारको सहयोग र ऐक्यबद्धताबाट ट्राफिक प्रहरीलाई हौसला मिल्ने बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...

    आज २०८२ साल भदौ २७ गतेको राशिफल 

    आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...