News Portal

प्रदेश सांसद मल्लले दिए सरकारलाई ३ करोड

सरकारबाट पाउने सम्पूर्ण सेवासुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताएका छन्।

हिमाली संचार संवाददाता
४५३ पटक

काठमाडौं १५, २०७६ चैत : नेपाली कांग्रेस डडेल्धुराका सभापति एवम् सुदूरपश्चिमका प्रदेश सांसद कर्ण बहादुर मल्लले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन करोड रुपियाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन्।

डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड रुपियाँ सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरेका हुन्।

प्रदेश सरकारले महामारीबाट जोगिन घोषणा गर्ने प्याकेजमा रकम अपुग भए आफूले घोषणा गरेको रकम प्रयोग गर्न अर्थमन्त्रीलाई जानकारी गराइसकेको सांसद मल्लले बताएका छन्।

उनले कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदासम्म आफूले सरकारबाट पाउने सम्पूर्ण सेवासुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताएका छन्।

मल्लले कांग्रेस र अन्य दलका सांसदहरूलाई पनि विपदको घडीमा सरकारलाई सक्दो सहयोग गर्न अपील गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...