News Portal

नेपाल प्रहरीका तीन डीआईजीहरु भए आएईजीमा बढुवा

हिमाली संचार संवाददाता
४६९ पटक

काठमाडौं : नेपाल प्रहरीका तीन डीआईजीहरुको एआइजीमा बढुवा भएकाे छ। मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले बढुवा गर्ने निर्णय गरेको हो। डीआईजीहरु तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एआईजीमा बढुवा भएका हुन्।

प्रहरी नियमावली अनुसार, गृह सचिवको अध्यक्षतामा रहेकाे बढुवा सिफारिस समितिले १५ फागुनमा बढुवा सिफारिस गरेको थियो। तर सिफारिस लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यका कारण बैठक बस्न नसक्दा बढुवा राेकिएकाे थियाे।

बढुवा भएका लम्साल प्रहरी प्रशिक्षण प्रतिष्ठान, क्षेत्री मानव स्राेत तथा प्रशासन र पालकाे अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएकाे छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साल हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन्। उनी २५ असार २०४७ मा सेवा प्रवेश गरेका थिए। यस्तै प्रहरी प्रवक्ता रहेका क्षेत्री र प्रहरीको विशेष ब्यूरोमा कार्यरत पाल १९ वैशाख, २०४९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ।

एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...