News Portal

नेपाल प्रहरीका तीन डीआईजीहरु भए आएईजीमा बढुवा

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं : नेपाल प्रहरीका तीन डीआईजीहरुको एआइजीमा बढुवा भएकाे छ। मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले बढुवा गर्ने निर्णय गरेको हो। डीआईजीहरु तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एआईजीमा बढुवा भएका हुन्।

प्रहरी नियमावली अनुसार, गृह सचिवको अध्यक्षतामा रहेकाे बढुवा सिफारिस समितिले १५ फागुनमा बढुवा सिफारिस गरेको थियो। तर सिफारिस लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यका कारण बैठक बस्न नसक्दा बढुवा राेकिएकाे थियाे।

बढुवा भएका लम्साल प्रहरी प्रशिक्षण प्रतिष्ठान, क्षेत्री मानव स्राेत तथा प्रशासन र पालकाे अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएकाे छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साल हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन्। उनी २५ असार २०४७ मा सेवा प्रवेश गरेका थिए। यस्तै प्रहरी प्रवक्ता रहेका क्षेत्री र प्रहरीको विशेष ब्यूरोमा कार्यरत पाल १९ वैशाख, २०४९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ।

एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...