News Portal

पुर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले ‘जेड प्लस’ सुरक्षा दिँदा नेताहरु चिन्तित

हिमाली संचार संवाददाता
४५९ पटक

काठमाडौं : नेपालको संस्थापन ‘कोरोना भाइरस’ भन्दा बढी चिन्तित ‘राजनीतिक’ कारणले भएको पाइएको छ। पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्रले केही दिनअघि भारतको भ्रमणमा रहनुहुँदा उहाँलाई अति उच्च एवम् महत्वपूर्ण मानिने व्यक्तित्वलाई दिइने ‘जेड प्लस’ स्तरको सुरक्षा दिइएकोले नेपालका नेताहरु ज्यादा चिन्तित भएका हुन्।

खासगरी ‘माओवादी नेता’ प्रचण्डले भारतमा पूर्व श्री ५ लाई दिइएको ‘महत्व’प्रति आफ्ना निकटस्थहरुसँग व्यापक चिन्ता प्रकट गर्ने गर्नुभएको बुझिएको छ। त्यस्तै, शेरबहादुर देउवा, आरजु राणा र विमलेन्द्र निधि पनि भारतमा पूर्व श्री ५ लाई दिएको विशेष सम्मानलाई लिएर चिन्तित हुनुभएको बताइन्छ।

स्मरणीय छ, गत फागुनको पहिलो साता भारत भ्रमणमा जानुभएका पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र सोही महिनाको १८ गते स्वदेश फर्कनुभएको थियो। उहाँलाई नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिने वित्तिकै ‘जेट प्लस’ सुरक्षा दिइएको थियो।

उहाँ बस्नुभएको प्रिन्सेस होटलको बाहिर ‘जेट प्लस’ सुरक्षा टोली अहोरात्र खटिएको थियो भने दिल्लीबाट पञ्जाबको अमृतसर पुग्दा र फर्कनु हुँदा पनि उहाँलाई सोही सुरक्षाको व्यवस्था गरिएको थियो।

भारतमा रहनुहुँदा उच्चस्तरीय भेटघाट तथा छलफलमा सहभागी हुनुभएका पूर्व श्री ५ बाट भारतीय संस्थापनका प्रभावकारी एवम् अति उच्च तहका नेताहरुसँग छलफल भएको बताइन्छ।

कतिपय बैठक त सँगै दिल्ली पुगेका नीजि सचिव सागर तिमिल्सिनालाई समेत सुईँको नदिइकन भएको थियो। दिल्लीबाट फर्कनु भएको दुई साता नबित्दै पूर्व श्री ५ महाराजधिराज गत साता (चैत्र २ गते) काठमाडौंबाट झापा प्रस्थान गर्नुभएको छ।

झापामा उहाँ कति समय रहनुहुने भन्ने यकिन भइसकेको छैन। झापामा रहँदा पूर्व श्री ५ बाट विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा छलफल भइरहेको बुझिएको छ। उहाँसँग काङ्ग्रेस नेता विपिन कोइरालाको पनि गम्भीर वार्तालाप भएको जानकारी प्राप्त भएको छ। – घटना र बिचारबाट

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...