News Portal

पुर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले ‘जेड प्लस’ सुरक्षा दिँदा नेताहरु चिन्तित

हिमाली संचार संवाददाता
५०७ पटक

काठमाडौं : नेपालको संस्थापन ‘कोरोना भाइरस’ भन्दा बढी चिन्तित ‘राजनीतिक’ कारणले भएको पाइएको छ। पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्रले केही दिनअघि भारतको भ्रमणमा रहनुहुँदा उहाँलाई अति उच्च एवम् महत्वपूर्ण मानिने व्यक्तित्वलाई दिइने ‘जेड प्लस’ स्तरको सुरक्षा दिइएकोले नेपालका नेताहरु ज्यादा चिन्तित भएका हुन्।

खासगरी ‘माओवादी नेता’ प्रचण्डले भारतमा पूर्व श्री ५ लाई दिइएको ‘महत्व’प्रति आफ्ना निकटस्थहरुसँग व्यापक चिन्ता प्रकट गर्ने गर्नुभएको बुझिएको छ। त्यस्तै, शेरबहादुर देउवा, आरजु राणा र विमलेन्द्र निधि पनि भारतमा पूर्व श्री ५ लाई दिएको विशेष सम्मानलाई लिएर चिन्तित हुनुभएको बताइन्छ।

स्मरणीय छ, गत फागुनको पहिलो साता भारत भ्रमणमा जानुभएका पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र सोही महिनाको १८ गते स्वदेश फर्कनुभएको थियो। उहाँलाई नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिने वित्तिकै ‘जेट प्लस’ सुरक्षा दिइएको थियो।

उहाँ बस्नुभएको प्रिन्सेस होटलको बाहिर ‘जेट प्लस’ सुरक्षा टोली अहोरात्र खटिएको थियो भने दिल्लीबाट पञ्जाबको अमृतसर पुग्दा र फर्कनु हुँदा पनि उहाँलाई सोही सुरक्षाको व्यवस्था गरिएको थियो।

भारतमा रहनुहुँदा उच्चस्तरीय भेटघाट तथा छलफलमा सहभागी हुनुभएका पूर्व श्री ५ बाट भारतीय संस्थापनका प्रभावकारी एवम् अति उच्च तहका नेताहरुसँग छलफल भएको बताइन्छ।

कतिपय बैठक त सँगै दिल्ली पुगेका नीजि सचिव सागर तिमिल्सिनालाई समेत सुईँको नदिइकन भएको थियो। दिल्लीबाट फर्कनु भएको दुई साता नबित्दै पूर्व श्री ५ महाराजधिराज गत साता (चैत्र २ गते) काठमाडौंबाट झापा प्रस्थान गर्नुभएको छ।

झापामा उहाँ कति समय रहनुहुने भन्ने यकिन भइसकेको छैन। झापामा रहँदा पूर्व श्री ५ बाट विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा छलफल भइरहेको बुझिएको छ। उहाँसँग काङ्ग्रेस नेता विपिन कोइरालाको पनि गम्भीर वार्तालाप भएको जानकारी प्राप्त भएको छ। – घटना र बिचारबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...