News Portal

अनियमितताको समाचारले सिजा एफएमको उठिबास

गाउँपालिका नै लाग्यो रेडियो बन्द गराउन

हिमाली संचार संवाददाता
३७० पटक

जुम्ला ०७, २०७६ चैत : जुम्लाको सिजा गाउँपालिकामा २०७२ सालमा साबिकका ११ वटा गाबिसले स्थापना गरेको सिजा क्षेत्रको एक मात्र संचारको माध्यम रेडियो सिजा एफएम हालसम्म नियमित रुपमा प्रशारण हुँदै आएपनि अब बन्द हुने अवस्थामा पुगेको छ।

सिजा एफएम सदरमुकाम देखि ३२ कोस टाढा छ। एफएमले गएको एक महिना यता गाउँपालिकाले गरेका अनियमितताका समाचार प्रशारण गरेपछि विभिन्न धम्की खेप्दै बन्द हुने अवस्थामा आइपुगेको हो।

यही चैत्र २ गते सिजा गाउँपालिका वडा नं २ का देबिकृष्ण शर्माले गाउँपालिका अध्यक्षलाई हिडिरहेका बेला गाउँपालिका क्षेत्रमा बालुवा उत्खनन् किन नरोकेको भन्दै लाट्ठीले हानेको समाचार रेडियो सिजा एफएममा प्रशारण भएपछि रेडियो नचलाउन चेतावनी दिदै आएका अध्यक्ष देवल सिंह रावलले एफएम नै बन्द गराउन बाटो अख्तियार गरेका छन्।

अध्यक्ष रावलले वडा नं ३ को कार्यलय मार्फत १५ दिन भित्र रेडियो संचालन गरिरहेको साबिक नराकोट गाबिसको भवन खालि गर्न पत्र पठाएका छन्।

यसअघि पनि सिजा गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिले चढेको समाचार प्रशारण भएपछि तत्काल रेडियो खालि नगरे मेसिनरि सामान उठाएर बाहिर फाल्दिने गाउँपालिकाले चेतावनि दिदै आएको थियो।

सिजा क्षेत्रका ३ वटा गाउँपालिकाको एक मात्र संचारको माध्यम रेडियो सिजाले गाउँपालिकाका भ्रष्टाचार र बेथितीको समाचार प्रशारण गर्ने डरले बन्द गराउन लागिएको रेडियो सिजा एफएमका अध्यक्ष लिलाराज रावतले बताए।

गाउँपालिकाको भवन छाड्न दिएको आदेश पछि अब रेडियो खुल्ला चउरमा पाल हालेर पनि प्रशारण गरिने सिजा एफएमका स्टेशन म्यानेजर मोहन बिक्रम शाहीले बताएको हाम्राकुराले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...