News Portal

अनियमितताको समाचारले सिजा एफएमको उठिबास

गाउँपालिका नै लाग्यो रेडियो बन्द गराउन

हिमाली संचार संवाददाता
४१८ पटक

जुम्ला ०७, २०७६ चैत : जुम्लाको सिजा गाउँपालिकामा २०७२ सालमा साबिकका ११ वटा गाबिसले स्थापना गरेको सिजा क्षेत्रको एक मात्र संचारको माध्यम रेडियो सिजा एफएम हालसम्म नियमित रुपमा प्रशारण हुँदै आएपनि अब बन्द हुने अवस्थामा पुगेको छ।

सिजा एफएम सदरमुकाम देखि ३२ कोस टाढा छ। एफएमले गएको एक महिना यता गाउँपालिकाले गरेका अनियमितताका समाचार प्रशारण गरेपछि विभिन्न धम्की खेप्दै बन्द हुने अवस्थामा आइपुगेको हो।

यही चैत्र २ गते सिजा गाउँपालिका वडा नं २ का देबिकृष्ण शर्माले गाउँपालिका अध्यक्षलाई हिडिरहेका बेला गाउँपालिका क्षेत्रमा बालुवा उत्खनन् किन नरोकेको भन्दै लाट्ठीले हानेको समाचार रेडियो सिजा एफएममा प्रशारण भएपछि रेडियो नचलाउन चेतावनी दिदै आएका अध्यक्ष देवल सिंह रावलले एफएम नै बन्द गराउन बाटो अख्तियार गरेका छन्।

अध्यक्ष रावलले वडा नं ३ को कार्यलय मार्फत १५ दिन भित्र रेडियो संचालन गरिरहेको साबिक नराकोट गाबिसको भवन खालि गर्न पत्र पठाएका छन्।

यसअघि पनि सिजा गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिले चढेको समाचार प्रशारण भएपछि तत्काल रेडियो खालि नगरे मेसिनरि सामान उठाएर बाहिर फाल्दिने गाउँपालिकाले चेतावनि दिदै आएको थियो।

सिजा क्षेत्रका ३ वटा गाउँपालिकाको एक मात्र संचारको माध्यम रेडियो सिजाले गाउँपालिकाका भ्रष्टाचार र बेथितीको समाचार प्रशारण गर्ने डरले बन्द गराउन लागिएको रेडियो सिजा एफएमका अध्यक्ष लिलाराज रावतले बताए।

गाउँपालिकाको भवन छाड्न दिएको आदेश पछि अब रेडियो खुल्ला चउरमा पाल हालेर पनि प्रशारण गरिने सिजा एफएमका स्टेशन म्यानेजर मोहन बिक्रम शाहीले बताएको हाम्राकुराले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...