News Portal

भिसा र श्रमस्वीकृति सम्बन्धि समस्याहरुको समाधान खोजिने : कुमार पन्त

रामप्रसाद ढुंगेल
४६४ पटक

०७ चैत्र २०७६, काठमाडौ : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको भिसा, श्रम स्वीकृति सम्बन्धि सबै समस्याहरुको समाधान गर्न नेपाल सरकारलाई एनआरएनएले ध्यानाकर्षण गराएको छ।

वैदेशिक रोजगारी अन्य कामको सिलसिलामा विदेशमा भिसा, श्रम सम्बन्धि अप्ठ्यारोमा परेका नेपालीलाई कसरी सहयोग पुर्‍याउने भन्ने सन्दर्भमा चैत ७ गते गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गैरआवासीय नेपाली संघको टोलीले भेटेर यस विषयमा गम्भीर छलफल गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले बताएका छन्।

विदेशमा भिसा सकिएर अवैध भएका नेपाली र बिदामा नेपाल फर्किएर गन्तव्य मुलुक जान नपाउँदा उत्पन्न अप्ठेरो अवस्थामा रहेका नेपालीहरुको समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक कदम चाल्ने विश्वास एनआरएनएले लिएको छ।

बिदामा नेपाल आएर गन्तब्य मुलुक फर्कन श्रमस्वीकृति नपाएकाहरु, बिदेशमै भिसा नवीकरण नभएकाहरु वा त्यसबारे जानकारी भएका जोकोहीले सम्बन्धित दूतावास वा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा सम्पर्क गर्नहुन एनआरएन अध्यक्ष पन्तले अनुरोध गरेका छन्।  

यो विषम परिस्थितिमा जो जहाँ छौँ त्यहीँबाट मुकाबिला गर्नुको विकल्प नभएको भन्दै अध्यक्ष पन्तले आपतकालीन अवस्थामा उद्धार र सहयोगको निम्ति नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर सहयोग गर्न तत्पर रहेको पन्तले बताएका छन्।

नेपाल सरकारले विदेश वा स्वदेश विदामा रहेका नेपालीहरुको भिसा, श्रम सम्बन्धि विभिन्न समस्याहरुको उचित समाधान खोज्ने विषयमा निकै सकारात्मक र तत्पर रहेको परराष्ट्रमन्त्रीलाई उद्घत गर्दै अध्यक्ष पन्तले जानकारी दिएका छन्। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...