News Portal

भिसा र श्रमस्वीकृति सम्बन्धि समस्याहरुको समाधान खोजिने : कुमार पन्त

रामप्रसाद ढुंगेल
४२१ पटक

०७ चैत्र २०७६, काठमाडौ : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको भिसा, श्रम स्वीकृति सम्बन्धि सबै समस्याहरुको समाधान गर्न नेपाल सरकारलाई एनआरएनएले ध्यानाकर्षण गराएको छ।

वैदेशिक रोजगारी अन्य कामको सिलसिलामा विदेशमा भिसा, श्रम सम्बन्धि अप्ठ्यारोमा परेका नेपालीलाई कसरी सहयोग पुर्‍याउने भन्ने सन्दर्भमा चैत ७ गते गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गैरआवासीय नेपाली संघको टोलीले भेटेर यस विषयमा गम्भीर छलफल गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले बताएका छन्।

विदेशमा भिसा सकिएर अवैध भएका नेपाली र बिदामा नेपाल फर्किएर गन्तव्य मुलुक जान नपाउँदा उत्पन्न अप्ठेरो अवस्थामा रहेका नेपालीहरुको समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक कदम चाल्ने विश्वास एनआरएनएले लिएको छ।

बिदामा नेपाल आएर गन्तब्य मुलुक फर्कन श्रमस्वीकृति नपाएकाहरु, बिदेशमै भिसा नवीकरण नभएकाहरु वा त्यसबारे जानकारी भएका जोकोहीले सम्बन्धित दूतावास वा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा सम्पर्क गर्नहुन एनआरएन अध्यक्ष पन्तले अनुरोध गरेका छन्।  

यो विषम परिस्थितिमा जो जहाँ छौँ त्यहीँबाट मुकाबिला गर्नुको विकल्प नभएको भन्दै अध्यक्ष पन्तले आपतकालीन अवस्थामा उद्धार र सहयोगको निम्ति नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर सहयोग गर्न तत्पर रहेको पन्तले बताएका छन्।

नेपाल सरकारले विदेश वा स्वदेश विदामा रहेका नेपालीहरुको भिसा, श्रम सम्बन्धि विभिन्न समस्याहरुको उचित समाधान खोज्ने विषयमा निकै सकारात्मक र तत्पर रहेको परराष्ट्रमन्त्रीलाई उद्घत गर्दै अध्यक्ष पन्तले जानकारी दिएका छन्। 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...