News Portal

बहालवाला खानेपानी मन्त्री बीना मगर बेपत्ताको सुचीमा सूचिकृत

हिमाली संचार संवाददाता
४१० पटक

काठमाडौं ०४, २०७६ चैत : सरकारद्वारा गठित आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बीना मगरलाई बेपत्ताको सूचीमा सूचिकृत गरेको छ।

माओवादी युद्धमा बेपत्ता भएकाहरुको सूचीमा बीनाको नाम समावेश गरिएको हो। सरकारले माओवादी युद्धका बेला हराएकाहरुको पहिचान गर्न गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले खानेपानीमन्त्री बीना मगरलाई वेपत्ता व्यक्तिको सूचीमा सूचीकृत गरेको हो।

आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री बीनालाई १९० क्रम संख्यामा समावेश गरेको छ। आयोगले उजुरी निवेदनका आधारमा बेपत्ता पारिएका व्यक्तिको नामावली सार्वजनिक गरेको जनाएको छ।

तर, बहालवाला मन्त्री बीनालाई नै बेपत्ताको सूचीमा सूचीकृत गरिएको हो। आयोगले उनलाई कञ्चनपुरकाे कालिका गाविस ५ बाट बेपत्ता भएकाे उल्लेख गरेकाे छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...