News Portal

नेपालले एमओयूको प्रस्ताव मलेसियालाई पठायो, सेप्टेम्बर पहिलो हप्ता श्रम सम्झौता हुन सक्ने

५५५ पटक

मलेसियाले नेपाली कामदार लैजान पठाएको समझदारी पत्र (एमओयू) को मस्यौदामाथि नेपालले छलफल र अध्ययन गरी संशोधनसहित मलेसियालाई पठाएको छ ।

नेपालले संशोधनसहितको प्रस्ताव मलेसियाको मानव संसाधन मन्त्रालयमा पठाएको हो । विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठमा कामदार मलेसिया पठाउन रोक लगाएपछि मलेसियाले सरकारी स्तरबाटै सम्झौता गरेर कामदार लैजान गएको शनिबार नेपाललाई औपचारिक प्रस्ताव पठाएको थियो ।

मलेसियाले पठाएको मस्यौदामा विज्ञ, सरकारी निकायका प्रतिनिधि र सरोकारवालसँग सुझाव लिएर संशोधनसहित शुक्रबार नै मस्यौदा मलेसिया पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

मलेसियाले नेपालले उठाएको मुद्धालाई सम्बोधन हुनेगरी नै मस्यौदा पठाएको र त्यसमा थप सुझाव सहित नेपालले शुक्रबार नै मस्यौदा मलेसियालाई पठाएको हो ।

मलेसिया पनि नेपाली कामदारको हितकै पक्षमा सम्झौता गरेर कामदार लैजान तयार भएको र नेपालले पनि आफ्नो सुझाव सहित मस्यौदा पठाएकाले आउँदो सेप्टेम्बरको पहिलो हप्तासम्ममा श्रम सम्झौता हुन सक्ने मन्त्रालयका उच्च अधिकारीको दावी छ ।

मलेसियाले नेपाली कामदार लैजाँदा लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्ने गरी एमओयूको प्रस्ताव पठाएको थियो । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले यसअघि नेपालले इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताएका थिए । (उज्यालो)

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...