News Portal

  • भत्काईयो सिमा नाकाको जमुनाह प्रहरी चौकी

    हिमाली संचार संवाददाता
    २९३ पटक

    बाँके ०२, २०७६ चैत : नेपाल-भारत सिमा नाका अन्तर्गत बाँकेको जमुनाहमा रहेको पुरानो प्रहरी भवन भत्काईएको छ। नयाँ भवन निर्माण हुने भएपछि शनिबार डोजर लगाएर प्रहरी चौकीको पुरानो भवन भत्काईएको हो।

    यससँगै वर्षौदेखी अब्यवस्थित रुपमा रहेको जमुनाह प्रहरी चौकी अब नयाँ भवनमा सर्ने भएको छ। जमुनाह प्रहरी चौकीले अहिलेसम्म थोत्रो भवनबाटै दैनिक गतिविधि संचालन गर्दै आएको थियो।

    शनिबार बिहान सरोकारवालाहरुसँगको छलफलपछि पुरानो भवन भत्काएर नयाँ भवन बनाउने सहमती भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओलीले जानकारी दिए।

    घर धेरै पुरानो भयो, हेर्दा नि लाजमर्दो, ओलीले भने, ‘भारत भएर नेपाल आउने यात्रु तथा पर्यटकहरुको पहिलो नजरनै प्रहरीको थोत्रो घरमा पर्ने भएकाले देशकै बेइज्जत हुने ठानेर नयाँ भवन बनाउने योजना बनाएँ। नयाँ भवन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकालाई अनुरोध गरेको ओलीले बताए।

    नयाँ बन्ने प्रहरी पोष्ट अन्तर्गत मिटिङ हल, ड्युटी रुम, बेडरुम, चार्जिङ रुम, सेन्ट्री पोष्ट, आन्तरिक शौचालय तथा पर्यटक कक्ष अन्तर्गत पर्यटकिय प्रहरी, पर्यटन सुचना केन्द्र लगाएतको सुविधालाई मध्यनजर गर्दै भवन निर्माण गर्ने योजना रहेको प्रहरी प्रमुख ओलीले प्रष्ट पारे।

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले प्रहरीले देश र जनताको सुरक्षा प्रदान गर्ने निकाय भएको हुँदा जमुनाह प्रहरी चौकी निर्माण गर्नका लागि उपमहानगरपालिका सकारात्मक भएको भन्दै भवन निर्माणका लागि सहयोग गर्ने बताए।

    भवन निर्माणमा के कति लागत लाग्छ त्यो भने ईस्टिमेट पछि नै थाहा हुने जमुनाह प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए। लागत ईस्ट्मेटका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्राविधिकलाई जिम्मा दिइएको उनले बताए।

    छलफलमा बाँके सिडिओ कुमारबहादुर खड्का, एसपी बिरबहादुर ओली, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठ, शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा लगायतको सहभागिता रहेको चौकी ईन्चार्ज माधव रिजालले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...