News Portal

सुर्खेतमा नक्कली डाक्टर पक्राउ

हिमाली संचार संवाददाता
४४९ पटक

सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

नेपाल मेडिकल काउन्सिलको परीक्षा नदिई एनएमसी नम्बर प्रयोग गर्दै आएको आरोपमा प्रहरीले काफ्लेलाई पक्राउ गरेको बताएको छ।

नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेर अस्पताल सञ्चालन गर्नुका साथै बिरामी चेकजाँचसमेत गर्दै आएका थिए।

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका काफ्लेले नक्कली एनएमसी नम्बर प्रयोग गरेर बिरामी चेकजाँच गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा समेत नक्कली प्रवेशपत्र पेस गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बिरामीलाई काफ्लेले आफूलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) विशेषज्ञ बताउने गरेका थिए। नेपाल मेडिकल काउन्सिलले काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर बिरामी चेकजाँच गरिरहेको पाएपछि कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई पत्राचार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले ठगीमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए। प्रहरीका अनुसार काफ्लेले २०३८८ नम्बरको एनएमसी नम्बर प्रयोग गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...