News Portal

गरिबमाथी नेकपाको राजनीति प्रतिशोध, कांग्रेस भएकै कारण जस्तापाता पाएनन् !

सुमन महतारा
५७१ पटक

गुल्मी २७, २०७६ फागुन : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन्।

नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका गरिब परिवारलाई जस्तापाता दिएर खरको छाना मुक्त बनाउने भनेपनि सेउघा ठाँटीपोखराका खत्रीलाई यो कार्यक्रमले अझै छुन सकेको छैन।

लगातार तीन बर्ष सम्म जस्तापाताकै लागि वडा कार्यालय धाँए। पहिल्यै जस्तापाले छाएका छिमेकीले पनि फेरी जस्तापाता पाए तर मलाई अहिलेसम्म मिलेन’, खत्रीले भने। उनले थपे, ‘मलाई कांग्रेस भएकै कारण जस्तापाता दिएनन्। खरले छाएको एक तले घरमा खत्रीका पाँच जनाको परिवार बस्दै आएको छु।

त्यति मात्रै होइन सेउघाकि बेली गौतमलाई पनि जस्तापाताको कार्यक्रमले अझै छुन सकेको छैन। उनी अहिले ८० बर्षकी भइन्। खरकै छानामुनी बेली गौतमका ४५ बर्ष बिते। उनी बारम्बार वडा कार्यालय धाउँदा पनि कसैले आफ्नो गुनासो नसुनिदिएको बताउँछिन्। गौतमले आफु वडा कार्यालमा जाँदा वडाध्यक्षले उल्टै गाली गरेर पठाएको गुनासो समेत गरिन्।

गोतमले आफुलाई कहाँ बस्छेस्, तँ बस्ने खोलामा हो र, तँ हाम्रो मान्छे हैन, तँलाई कसरी जस्तापाता दिउँ भनेर गाली समेत गरेको हामीसँग गुनासो पोखिन्। पानी आउँदा नछेक्ने खरले छाएको घरमा बसेकी ८० बर्षिया गौतमले आफुमाथि राजनिति भएको भन्दै आफु कांग्रेस भएकै कारण जस्तापाता नपाएको गुनासो ब्यक्त गरिन्।

अझ अचम्मको करा के छ भने पहिल्यै जस्तापाताले नै छाएको घरमा पनि वडाले फेरि जस्तापाता दिएको छ। वडाध्यक्ष बिजय मरासिनीले आफुलाई निर्वाचनमा सहयोग गरेको भन्दै मनपरी हिसाबले सिफारिस विना नै जस्तापाताको दुरुपयोग गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का छाया सरकार प्रमुख लिलाधर आचार्यले बताएका छन्।

वडाध्यक्ष मरासिनीले आफ्नो पाटीको मान्छे भन्दै बेल बहादुर खत्रीका छिमेकी तेज बहादुर खत्रीलाई जस्तापाता दिएका हुन्। तेज बहादुरको त्यसभन्दा अघि पनि घर जस्तापाताले नै छाएको थियो।

यति मात्रै ४ नम्बरका वडाध्यक्ष मरासिनीले मनपरी हिसाबका २ नम्बरका नागरिकलाई समेत जस्तापाता दिएका छन्। नातावादको पछाडी लागेर आफ्नो वडाका नागरिक दुखी हुदाँहुदै अर्को वडाका नागरिक खुसी पार्न खोज्नु दुखत बिषय रहेको छाया सरकार प्रमुख आचार्यले बताएका छन्।

यसभन्दा अघि ४ नम्बरका नागरिकलाई खानेपानी अपुग हुदाँहुदै पानी अन्यत्रै बेचेको आरोप लागेका वडाध्यक्ष मरासिनीले भने आफु सधै जनताको पक्षमा रहेर काम गरेको र गर्ने बताए। विकासमा राजनिति कहिल्यै नगरेको बताउँदै उनले आफुमाथि झुटो आरोप लागेको बताए।

बेल बहादुर खत्री र बेली गौतमले जस्तापाता नपाएको प्रसङ्गमा आफ्नो केही कमजोरी भएको स्विकार गर्दे अबदेखी यस्तो नहुने र उनीहरुलाई तत्काल जस्तापाता दिने वडाध्यक्ष बिजय मरासिनीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...