News Portal

कोरोनाअपडेट : नेपालसहित १४ देशबाट कतार प्रवेशमा प्रतिबन्ध

हिमाली संचार संवाददाता
५१८ पटक

(Hamad International Airport Qtar)


एजेन्सी(कतार) : कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो।

यो प्रतिबन्ध आज मार्च ९ बाट लागु हुने भएको छ। यो प्रतिबन्ध चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट कतार आउनेहरुमाथि लगाइएको छ।

कतार एयरवेजले इटली जाने र इटलीबाट आउने उडानहरु रद्द गरिसकेको छ। कतारमा आइतबार थप तीनजनामा कोरोना संक्रमण पाइएपछि संक्रमितको संख्या १५ पुगेको छ।

विश्वभर कोरोना संक्रमणबाट मृतकको संख्या ३ हजार ८ सय ५ पुगेको छ। पछिल्लो अपडेट अनुसार एकैदिनमा थप २ सय ६ को मृत्यु भएको हो।

यसैबीच कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै १ करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको छ।

उनीहरूलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयास अन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

युरोपेली मुलुकमध्ये इटलीमा कोरोना भाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। कोभिड १९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या ३६६ पुगेको छ भने पछिल्लो अपडेट अनुसार थप १३३ को मृत्यु भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...