News Portal

बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी, तस्करी रोक्न खोज्दा स्थानीयलाई हतकडी !

हिमाली संचार संवाददाता
४०४ पटक

बाँके २५, २०७६ फागुन : गोरु तस्करी मौलाइरहेका बेला बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी भइरहेको खुलासा भएको छ।

बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ लैजादै गरिएको एक ट्रक अबैध गोरु बाँकेको ढकेरीमा स्थानीयहरुले नियन्त्रणमा लिएपछि गोरु तस्करीमा प्रहरीको संलग्नता रहेको पुष्टि भएको छ।

तर, प्रहरीले तस्करीमा संलग्न नभएको बताइरहँदा गोरु तस्करी गरिरहेको ट्रक स्थानीयले नियन्त्रणमा लिने क्रममा प्रहरीको संलग्नता रहेको पुष्टि भएको छ।

प्रहरीकै मिलेमतोमा अबैधरुपमा गोरु तस्करी गरिरहेका बेला आइतबार बेलुका ७ बजे ढकेरीका स्थानीयले एक ट्रक गोरु नियन्त्रणमा लिएकै बेला नियन्त्रणमा लिने स्थानीयलाई हतकडी लगाएपछि प्रहरीको मिलेमतो रहेको तथ्य बाहिर आएको हो।

बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर ओलीकै लाइनमा तस्करी भइरहेको स्थानीयहरुको आरोप छ तर, एसपी ओलीले भने उक्त आरोप अस्वीकार गरेका छन्।

उनले भने, ‘गोरु तस्करीका विरुद्धमा अभियान चलाइरहँदा मलाई आरोप लगाउनु गलत हो। आजको घटनाका विषयमा मलाई विस्तृत जानकारी छैन।

स्थानीयले तस्करीमा संलग्न रहेको ट्रक खाली गराउन स्लोप (ढिस्को) चाहिने भन्दै राजमार्गभन्दा भित्रपट्टी जंगलमा लगिरहेका बेला तस्करलाई उम्काउन इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दको निर्देशनमा तस्करी रोक्न खोज्ने स्थानीयलाई हतकडी लगाएर नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शी बीरबहादुर ओलीले सत्यपाटीलाई बताए।

अबैधरुपमा ढुवानी भइरहेको गोरु नियन्त्रणमा लिएर तस्करी रोक्ने काममा सक्रिय ढकेरीका तिलकजंग शाह र मनोज ओलीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुले अबैध गोरु ढुवानी भइरहँदा नियन्त्रणमा लिएका थिए तर, कोहलपुर प्रहरीका डिएसपी कुलदीप चन्दको निर्देशनमा ढकेरीस्थित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पछिल्लो समय गोरु तस्करी बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि ढकेरीस्थित स्थानीय सक्रिय हुँदै आएका छन्।

उनीहरुको सक्रियताले अबैध गोरु तस्करी नियन्त्रणमा प्रहरीलाई नै सहयोग पुगेको भए पनि कोहलपुर प्रहरीले सकारात्मक काममा सक्रिय ब्यक्तिहरुलाई नै पक्राउ गरेर दुख दिएको स्थानीयले बताएका छन्।

राप्रपाका केन्द्रीय सदस्य एवं प्रदेश सचिव ऋषि देवकोटाका अनुसार विगतदेखि नै हामीले गाईगोरु तस्करी रोक्न खोज्ने नागरिकहरुलाई पक्राउ गर्नु गलत हो।

उनले भने, ‘अहिले राज्यले कानुन विपरित काम गर्न खोज्नेहरुलाई कारबाही गर्नुको साटो हतकडी लगाउनु गलत हो। राज्य नै निरिह भएपछि स्थानीयहरुलाई दुख दिनु गलत हो।

राज्यको नीति विपरीत गैरकानूनीरुपमा यसरी गोरु ओसारपसार गर्नु निन्दनीय कार्य भएको राप्रपाका बाँके जिल्ला प्रवक्ता तथा मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष श्रीधर सुवेदीले बताए।

उनका अनुसार प्रहरी सेटिङ्ग गोरु तस्करी भइरहेको अवस्थामा नियन्त्रणमा लिई तस्करी रोक्ने प्रयास गरिरहेका स्थानीयलाई पक्राउ गर्नु प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि ब्यक्त गर्दै पक्राउ परेका दुई जनालाई तत्काल रिहा गर्न माग गरिएको छ।

ढकेरीमा स्थानीयले गोरु तस्करी रोकेपछि कोहलपुरका प्रहरी प्रमुख चन्दले भने, ‘स्थानीयले ट्रक कब्जामा लिएर जङ्गलमा लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्रकलाई कब्जामा लिनेलाई हतकडी नलगाएर के गर्नु ?’ कोहलपुर प्रहरीले पक्राउ गरेका दुवैजनालाई हतकडी लगाई अनुसन्धानका लागि भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...