News Portal

वडाध्यक्षले कार्यालय सहयोगी चौधरीलाई कुटेपछी…

हिमाली संचार संवाददाता
३६० पटक

सुरेश श्रेष्ठ
तुलसीपुर २३, २०७६ फागुन : दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले उजुरी दर्ता गराएका छन्।

चौधरीले शुक्रबार वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन्। वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयमा घोक्राई कुटपिट गरेको चौधरीले आरोप लगाएका छन्।

तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित सार्की बेलाबेला विवादमा पर्दै आएका छन्। वडाध्यक्ष सार्की हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता पनि हुन्।

निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीलाई पक्राउ गरी तत्काल कारवाही गर्न माग गरेका छन्। चौधरी बिगत २५ वर्षदेखि कार्यरत स्थायी कार्यालय सहयोगी हुन्।

चौधरीको निवेदनमा वडाध्यक्ष सार्कीले आफूलाई तथानाम गाली गलौज गरी आफूलाई बिनाकारण बारम्वार धम्काउने गरेको आरोप लगाइएको छ। कार्यालय सहयोगी चौधरीले यसअघि पनि वडाध्यक्ष सार्कीले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको बताएका छन्।

वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयभित्रै बिनाकारण कुटपिट गरेको बताएका छन्। वडाध्यक्ष सार्कीको गलत व्यवहारप्रति स्थानीयले विरोध गर्दै वडा कार्यालयमा ताला समेत लगाएका थिए।

स्थानीयले लगाएको ताला प्रहरीले फोडेको थियो। वडाध्यक्ष सार्कीले स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षहरूलाई खबर गर्न आफूले दिएको निर्देशनको कार्यान्वयन नभएपछि आवेगमा घटना भएको स्वीकार गरेका छन्।

घटनाका बारेमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले सोमबार दुबै पक्षलाई बोलाएको छ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...