News Portal

डिआइजी राजीव सुब्बाले दिए राजीनामा

हिमाली संचार संवाददाता
३५४ पटक

काठमाडौं २३, २०७६ फागुन : नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। शुक्रबार उनले राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका हुन्।

उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत छन्। ४ वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आएका थिए। प्राविधिकतर्फ एआइजीको दरबन्दी छैन।

आफूभन्दा जुनियर अधिकारी एआइजी, आइजी हुँदा पनि संगठन/गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो।

अहिलेका आइजी ठाकुर ज्ञवाली पनि उनीभन्दा जुनियर हुन्। यसअघिका आइजी सर्वेन्द्र खनाल पनि उनी भन्दा जुनियर थिए। उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए।

हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्। यद्यपी उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन।

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको ठूलो योगदान छ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...