News Portal

  • डिआइजी राजीव सुब्बाले दिए राजीनामा

    हिमाली संचार संवाददाता
    ३२४ पटक

    काठमाडौं २३, २०७६ फागुन : नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। शुक्रबार उनले राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका हुन्।

    उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत छन्। ४ वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आएका थिए। प्राविधिकतर्फ एआइजीको दरबन्दी छैन।

    आफूभन्दा जुनियर अधिकारी एआइजी, आइजी हुँदा पनि संगठन/गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो।

    अहिलेका आइजी ठाकुर ज्ञवाली पनि उनीभन्दा जुनियर हुन्। यसअघिका आइजी सर्वेन्द्र खनाल पनि उनी भन्दा जुनियर थिए। उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए।

    हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्। यद्यपी उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन।

    नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको ठूलो योगदान छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...