News Portal

मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु

हिमाली संचार संवाददाता
५०० पटक

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा.३.ख. ७१२१ नंको मिनी ट्रक दुर्घटना भएको हो ।

मिनी ट्रक सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा चालक मण्डनदेउपुर नगरपालिका–१२ बस्ने अन्दाजी २१ वर्षीय रोशन ठकुरी र सोही ठाउँका सहचालक अन्दाजी १६ वर्षीय दिलीप ठकुरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । मृतक दुवैको शवपरीक्षणका लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...