News Portal

दूतावासको भवन निमार्णमा ४० करोड भ्रष्टाचार गर्न फिर्ता बोलाइए राजदूत पौड्याल

हिमाली संचार संवाददाता
४६५ पटक

काठमाडौं २२, २०७६ फागुन : मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ।

१५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन्। प्रधानमन्त्रीसँग मत नमिलेकोदेखि प्रचण्डसँग बदला लिनसम्मका हल्ला भएपनि भित्री र खास कारण अर्कै रहेको परराष्ट्रमा गाइँगुइँ छ।

अहिले चलेको हल्ला सही हो भने पहिल्यै नै पौड्याल फिर्ता भैसक्नुपर्ने थियो तर, अहिले आएर हठात् यस्तो निर्णय हुन गयो। त्यसो भए किन गलहत्याए त लिलामणि ?

बेइजिङस्थित अहिलेको नेपाली दूतावास चार दशकअघि बनेको हो। पुरानो भव भएकाले मक्किएर भत्किन लागेको छ। परराष्ट्रका एक जना उच्च अधिकारीका अनुसार भवनमा पानी पसेर दुःख दिनेगर्छ।

पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडि सारे। सोही अनुसार केही महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो। चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो। एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसैलाई मन्त्रालयले स्वीकृत पनि गर्‍यो।

कोरोनाभाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन निर्माणको काम थालिसक्थ्यो। लिलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यही पैसाको चलखेल हुनुपर्छ। यति ठूलो बजेट हुँदा कम्तीमा पनि १० प्रतिशत कमिसन आउँछ। त्यो भनेको १४ करोड रुपैयाँ हो। भ्रष्टाचार नै गर्ने हो भने ३० करोड जति हिनामिना हुनसक्छ।

तर, लिलामणि बेइजिङमा रहँदासम्म एक पैसा पनि झर्ने कसैले ठानेनन्। जम्मा ८ महिना कार्याविधि बाँकी रहे पनि उनकै कार्याकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चित जस्तै भयो।

खराब व्यापारीहरुले चलखेल गर्न थाले। यसमा मुख्य भूमिका वालुवाटरका एक जना भित्रिया र केही व्यापारीले खेलेको स्रोतले बताएको जनआस्था साप्ताहिकमा खवर छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...