News Portal

दूतावासको भवन निमार्णमा ४० करोड भ्रष्टाचार गर्न फिर्ता बोलाइए राजदूत पौड्याल

हिमाली संचार संवाददाता
४२६ पटक

काठमाडौं २२, २०७६ फागुन : मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ।

१५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन्। प्रधानमन्त्रीसँग मत नमिलेकोदेखि प्रचण्डसँग बदला लिनसम्मका हल्ला भएपनि भित्री र खास कारण अर्कै रहेको परराष्ट्रमा गाइँगुइँ छ।

अहिले चलेको हल्ला सही हो भने पहिल्यै नै पौड्याल फिर्ता भैसक्नुपर्ने थियो तर, अहिले आएर हठात् यस्तो निर्णय हुन गयो। त्यसो भए किन गलहत्याए त लिलामणि ?

बेइजिङस्थित अहिलेको नेपाली दूतावास चार दशकअघि बनेको हो। पुरानो भव भएकाले मक्किएर भत्किन लागेको छ। परराष्ट्रका एक जना उच्च अधिकारीका अनुसार भवनमा पानी पसेर दुःख दिनेगर्छ।

पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडि सारे। सोही अनुसार केही महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो। चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो। एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसैलाई मन्त्रालयले स्वीकृत पनि गर्‍यो।

कोरोनाभाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन निर्माणको काम थालिसक्थ्यो। लिलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यही पैसाको चलखेल हुनुपर्छ। यति ठूलो बजेट हुँदा कम्तीमा पनि १० प्रतिशत कमिसन आउँछ। त्यो भनेको १४ करोड रुपैयाँ हो। भ्रष्टाचार नै गर्ने हो भने ३० करोड जति हिनामिना हुनसक्छ।

तर, लिलामणि बेइजिङमा रहँदासम्म एक पैसा पनि झर्ने कसैले ठानेनन्। जम्मा ८ महिना कार्याविधि बाँकी रहे पनि उनकै कार्याकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चित जस्तै भयो।

खराब व्यापारीहरुले चलखेल गर्न थाले। यसमा मुख्य भूमिका वालुवाटरका एक जना भित्रिया र केही व्यापारीले खेलेको स्रोतले बताएको जनआस्था साप्ताहिकमा खवर छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...