News Portal

प्रचण्ड माथि जुत्ता प्रहार गर्ने को हुन रतन ?

हिमाली संचार संवाददाता
४४८ पटक

काठमाडौं १९, २०७६ फागुन : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ। पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो।

प्रचण्ड माथि जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन्। तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ। उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए।

मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए। हाल उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए। उनले सुर्खेतमा अमिन पढेका थिए।

युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ। प्रहरीका अनुसार अहिले उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ।

(जनयुद्धमा बुवा गुमाएका जुम्लाका रतन तिरुवा)

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...