News Portal

  • बाँकेमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा

    हिमाली संचार संवाददाता
    ४५७ पटक

    नेपालगन्ज १८, २०७६ फागुन : नेपालगन्ज उप-महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ। वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन।

    नेपालगन्ज उप-महानगरपालिका वडा नं. १४ को मिलोमतोमा सार्वजनिक जग्गा भारतियलाई भोकचलनकालागी दिएको भन्दै स्थानीयले विरोध गरेका छन।

    बारम्बार वडा कार्यालयले मनोमानी ढंगबाट सार्वजनिक जग्गा अरुलाई भोगचलनको लागि दिने गरेको स्थानीयको आरोप छ।

    सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाएपछि स्थानीयले वडालाई जानकारी गराउँदा उल्टै धम्की खेप्नु गरेको उनिहरुको गुनासो छ।

    सार्वजनिक जग्गामा करिव १ महिना अगाडीदेखि भारतियले घरनिर्माण गर्दा पनि स्थानिय सरकार मौन रहेको उनिहरुको भनाई छ।

    वडा नम्बर १४ का तीन वटा स्थानमा सार्वजनिक जग्गा कव्जा भएका छन। वडा कार्यालय अगाडी रहेको सभागृह नजिकै १० धुर जग्गा भारतीय नागरिकले वडा वडाकै सहमतिमा भोगचलन गर्न दिएपछि स्थानिय विरोधमा उत्रेका हुन।

    यता वडा नं. १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले भने वडाको सिफारिसमा चियानास्ता पसल संचालन गर्न दिएको बताउनु हुन्छ।

    वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको स्विकार गर्दै वडाध्यक्ष मिश्राले घर बनाउँने व्यक्ती नेपाली नागरिक भएको दावी गर्नुभयो।

    नेपालगन्जमा सार्वजनिक जग्गा मिचिने घटना यो नयाँ होइन। २० बर्ष जनप्रतिनिधि नभएको मौका छोपी नेपालगन्ज उप-महानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मिचिएका छन तर पछिल्लो समय स्थानीय जनप्रतिनिधी निर्वाचित भएर आए पनि सुनवाइ हुन सकेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...