News Portal

बाँकेमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा

हिमाली संचार संवाददाता
५२२ पटक

नेपालगन्ज १८, २०७६ फागुन : नेपालगन्ज उप-महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ। वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन।

नेपालगन्ज उप-महानगरपालिका वडा नं. १४ को मिलोमतोमा सार्वजनिक जग्गा भारतियलाई भोकचलनकालागी दिएको भन्दै स्थानीयले विरोध गरेका छन।

बारम्बार वडा कार्यालयले मनोमानी ढंगबाट सार्वजनिक जग्गा अरुलाई भोगचलनको लागि दिने गरेको स्थानीयको आरोप छ।

सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाएपछि स्थानीयले वडालाई जानकारी गराउँदा उल्टै धम्की खेप्नु गरेको उनिहरुको गुनासो छ।

सार्वजनिक जग्गामा करिव १ महिना अगाडीदेखि भारतियले घरनिर्माण गर्दा पनि स्थानिय सरकार मौन रहेको उनिहरुको भनाई छ।

वडा नम्बर १४ का तीन वटा स्थानमा सार्वजनिक जग्गा कव्जा भएका छन। वडा कार्यालय अगाडी रहेको सभागृह नजिकै १० धुर जग्गा भारतीय नागरिकले वडा वडाकै सहमतिमा भोगचलन गर्न दिएपछि स्थानिय विरोधमा उत्रेका हुन।

यता वडा नं. १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले भने वडाको सिफारिसमा चियानास्ता पसल संचालन गर्न दिएको बताउनु हुन्छ।

वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको स्विकार गर्दै वडाध्यक्ष मिश्राले घर बनाउँने व्यक्ती नेपाली नागरिक भएको दावी गर्नुभयो।

नेपालगन्जमा सार्वजनिक जग्गा मिचिने घटना यो नयाँ होइन। २० बर्ष जनप्रतिनिधि नभएको मौका छोपी नेपालगन्ज उप-महानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मिचिएका छन तर पछिल्लो समय स्थानीय जनप्रतिनिधी निर्वाचित भएर आए पनि सुनवाइ हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...