News Portal

साउदीमा अलपत्र नेपालीलाई खानाको व्यवस्था

६४६ पटक

साउदीमा अलपत्र परेका ३६ जनालाई विभिन्न संघसंस्थाले खानाको व्यवस्था गरेका छन् । कम्पनीले सम्झौता अनुसारको काम र पैसा नदिएपछि साउदीको अल्खोबर टुम्बामा अलपत्र परेका नेपालीलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दमाम, गुरुङ तमुधि, मधेसी संस्था, नेपाल एनबिसी, एनआरएनए साउदी लगायतका संघसंस्थाले खानाको व्यवस्था गराएका हुन ।

असार ३२ गतेदेखि खानाको व्यवस्था नहुँदा उनीहरुले खाजाकै भरमा दिनरात बिताएका थिए । २०७४ फागुन १ गते सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै साउदी पुगेका ३६ नेपालीलाई साउन १ गते अल्खोबर टुम्बामा पुर्‍याइएको थियो ।

सम्झौता अनुसारको तलब नपाएपछि एक दिन काममा नगाएका ३८ जना नेपालीलाई  कम्पनीले निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताउनुभयो ।

अलपत्र ३८ मध्ये दुई जनालाई भने छुटाएर कुवेतको बोर्डरमा लगिएको खोटाङ फेदीका अरुण तामाङले बताउनुभयो ।

दलालले उनीहरुलाई क्याट्रिङको काममा १४ सय रियालसम्म तलब हुने बताएको थिए । तर सम्झौता पत्रमा आठ सय मात्र पाउने उल्लखे छ । अहिलेसम्म उनीहरुले नौ सय रियाल मात्र तलब पाएको बताएका छन् ।  उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...