News Portal

विनु घलेका दुई गजल !!

हिमाली संचार संवाददाता
८१८ पटक

गजल (१)

अचेल सम्बन्धमा चिसो पसेको देख्छु,
आफ्नो भन्दा पराइ दिलमा बसेको देख्छु।।

पानीको तलाउ जस्तै भएको छ यो मन,
जो आउँछन मनपरी चलेको देख्छु।।

नाप तौल होकी किनबेच हो माया,
दिउँसै रावणले सिता हरेको देख्छु।।

मुर्दालाई ज्युदो बनाउने यो सास पनी,
चिहानमा तड्पीदै जलेको देख्छु।।

मलामी छैनन लाशहरु बेबारीसे ढल्दैछ,
दागबत्ति बिनै बस्तीमा आगो बलेको देख्छु।।

गजल (२)

बोल्यो भने रिस गर्छन नबोलेकै ठिक छ,
एउटै मुटु कयौं चोटी नपोलेकै ठिक छ।।

नजरहरु लागेपछि हेर्नुपर्छ घरीघरी,
परेलीका यि पर्दाहरु नखोलेकै ठिक छ।।

अलिकति माया गरि जीवनदान गर्छ भनौंला,
घाटको अर्थीलाइ पानी नडोलेकै ठिक छ।।

यहाँ सत्यको हार नै हुन्छ भो ओकालत नगरिदेउ,
बिषलाई अमृत जडि नघोलेकै ठिक छ।।

– बिनु घले 
सिम्ता गाउँपालिका-९ खानीखोला, सुर्खेत।

यो पनि पढ्नुहोस।

~ बिनु घलेका चार (४) मुक्तक !

~ सप्तरंगी टिका लगाएर निधारमा..

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...