News Portal

चितवन कांग्रेसद्वारा जिल्ला बन्द आह्वान, कारण यस्तो छ !

हिमाली संचार संवाददाता
४५३ पटक

भरतपुर : कम्युनिस्ट सरकारले मागहरूका विषयमा चासो नदेखाएपछि नेपाली कांग्रेसले चितवन बन्दको आह्वान गरेको छ।

चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर फागुन १५ गते चितवन बन्दको आहवन गरेका हुन।

विज्ञप्तिअनुसार फागुन १२ गते चौवीसकोटीमा चक्का जाम, फागुन १३ गते साढे १२ बजेदेखि साढे १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र फागुन १४ गते लायन चोक पुल्चोकमा मसाल जुलुस प्रदर्शन गरिनेछ।

माडी नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल फागुन ७ गतेदेखि बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरूको समस्या समाधान लगायत सात सूत्रीय माग राखेर अनशनरत छन।

सोमबार छैटौँ दिन हुँदा पनि वडाध्यक्ष पौडेलको मागको सुनुवाई नभएपछि चितवन कांग्रेसले दवाव दिन बाध्य भएर बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको सभापति श्रेष्ठले बताए।

अनशन बसेका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदा समेत सरोकारवाला निकायबाट चासो दिइएको छैन।

यो क्षेत्र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र पनि पर्छ। दाहालले माग पूरा गर्ने भनेर पटकपटक आश्वासन दिँदै आएका छन तर, मागको कुनै सुनुवाई हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...