News Portal

कुवेतमा बुटवलका टुकबहादुरको सवारी दुर्घटनामा परी मृत्यु

हिमाली संचार डटकम
९१५ पटक

कमल सिंह, कुवेत २५ अगस्ट – कुवेतमा एक युवाको सवारी दुर्घटनामा परी ज्यान गएको छ। बुटवल १५ बेलाबासका ३१ बर्षिय टुक बहादुर रायमाझीको कुवेतको जिलिब स्थित बाटोमा हिडिरहेका बेला कारले ठक्कर दिएर दुर्घटना भएको बुझिएको छ।

कार्गो टास्पोर्ट कम्पनीमा कार्यरत रायमाझीको १४ अगस्ट मंगलबार राती ज्यान गएको हो। उनको शव फर्वानिया अस्पतालमा राखिएको छ।

राहादानी नम्बर ०९३१३२५९ का टुक बहादुर रायमाझी सडक दुर्घटनामा परी मृत्यु भएको पुष्टि गर्दै नेपाली राजदुत कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले हिमाली संचारसग कुराकानी गर्दै भने – उनको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि सम्बन्धित निकाय र कम्पनीसग समन्वय भईरहेको बताए।

कुवेत लगाएत खाडीमा ज्यान गुमाउने नेपाली कामदारको संख्या दिनप्रतिदिन ह्वात्तै बढेको छ। अगस्ट महिनामा मात्रै कुवेतमा ५ जना नेपाली कामदारको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...