News Portal

  • युएईमा १ किलो सुन  र २  कार नेपालीलाई उपहार

    हिमाली संचार संवाददाता
    ७१५ पटक

    रामप्रसाद ढुंगेल युएई – युएईका उत्कृष्ट कारोबार गर्ने चार रेमिट्यान्स कम्पनीमध्ये पछिल्ला महिनामा एक नम्बरमा परेको अल अहालिया एक्सचेञ्जमार्फत पैसा पठाउँदा युएईमा कार्यरत ताप्लेजुङका यामनाथ भट्टराईले १ किलो सुन उपहार प्राप्त गरेका छन् । विगत १९ वर्षदेखि एक क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत भट्टराईले अल अहालिया एक्सचेञ्जको सोनापुर शाखाबाट नेपालको सेन्चुरी रेमिटमार्फत आफ्नो परिवारलाई ३५ हजार रुपैयाँ पठाउदा यो उपहार पाएका हुन् । ताप्लेजुङको श्रीजुङ्ग गाउँपालिका-४ मा पुरानो बसोबास भए पनि हाल झापाको विर्तामोडमा स्थायी बसोबास रहेका भट्टराईले १ किलो सुन अर्थात् करिब करिब ८६ तोला सुन पाएका हुन् । उनले १ किलो सुनको बराबरको रकम लिने बताएका छन् । युएईको बजार मुल्य अनुसारको रकम करिब ५७ लाख रुपैयाँ भट्टराईले पाउने छन् ।

    दुई नेपालीलाई २ वटा कार उपहार !!

    गत डिसेम्बर १५ देखि २०२० को फेब्रुअरी १२ सम्म करिब ५९ दिनसम्म जारी रहेको विन्टर प्रोमोसन २०१९-२०२० अन्तरगत बुटवलकी सीता पाण्डेले पनि एउटा कार प्राप्त गरेकी छन् । अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट नेपालमा पैसा पठाउँदा पाण्डेले निशान सन्नी कार पाएकी हुन् । पाण्डेले पनि कारको सट्टामा कारको मुल्यबराबरको करिब १२ लाख नेपाली रुपैयाँ पाउने भएकी छन् । यसै प्रोमोसनमा रोल्पाका झकबहादुर गिरीले पनि एउटा कार नै पाएका छन् । अहालियाको अबुधाबीस्थित अल राहा भिलेजबाट पैसा पठाएका उनले निशानको कार उपहार पाएका हुन् । गिरीले पनि कारको मुल्य बराबरको रकम नेपाली रुपैयाँ करिब १२ लाख बुझ्ने सहमति भएको अल अहालिया एक्सचेञ्जका नेपाल करिडाेर प्रमुख बेनीमाधव ढकालले जानकारी दिएका छन् ।

    नेपाली ग्राहकबीच लोकप्रिय बन्दै अल अहालिया एक्सचेञ्ज

    अल अहालिया एक्सचेञ्जका युएईभरि रहेका ३१ वटा शाखाहरुमध्येबाट पैसा पठाउदा यो भाग्यशाली योजनामा पर्न सकिने व्यवस्था गरिएको अल अहालिया एक्सचेञ्जका जिएम कमल सुब्बाले बताएका छन् । उनका अनुसार २०१८ को प्रोमोसनमा इलामका नरेन्द्र मगरले १ किलो सुन यस्तै योजनामा अल अहालिया एक्सचेञ्जबाट पाएका थिए ।
    अल अहालिया एक्सचेञ्जका नेपाल करिडाेर प्रमुख तथा नेपाल म्यानेजर बेनीमाधव ढकालले यो योजनामा अत्यधिक मात्रामा नेपालीहरुले विगतमा पनि पुरस्कारहरु पाएको बताउदै यो पटक पनि नेपालीलाई नै मुख्य पुरस्कार पर्नु अहालिया एक्सचेञ्जले नेपालीहरुको विस्वास जित्दै गएको दरिलो प्रमाण हो । अल अहालिया एक्सचेञ्ज नेपाली ग्राहकबीच लोकप्रिय बन्दै गएको छ । एक वर्षमा करिब ७ महिना जति यस्तै प्रमोसन चलिरहने भएका कारण पनि धेरै नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी बन्दै गएको छ ।
    गत वर्षमात्रै अल अहालिया एक्सचेञ्जबाट पैसा पठाउदा काठमाडौंका नवीन पाण्डेले कार पाएको ढकालले स्मरण गरे ।
    अल अहालियाको विन्टर प्रोमोसनको पहिलो उपहार योजना १३ फेब्रुअरीमा अबुधाबीमा सार्वजनिक भएको हो । यसमा झकबहादुर गिरीले एक कार पाएका हुन् । अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट बुटवल सैनामैनामा पैसा पठाएकी युएईमा हाउसमेडका रूपमा कार्यरत सीता पाण्डेले कार पाएकी हुन् । उनले पनि कारको सट्टामा नगद नै लिने बताएकी छन् । ग्रान्ड द्र्‍ अन्तर्गत १ केजी सुनको सार्वजनिक घोषणा अलकुज शाखामा १७ फेब्रुअरी २०२० मा भएको हो । अलकुज शाखामा गरिएको नतिजा सार्वजनिकीकरणमा भट्टराईले १ किलो सुन पाएका हुन् ।
    यो योजनामा नेपाली प्रोडक्ट आइएमई र ट्रान्सफास्टले को स्पोन्सरका रूपमा साथ दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...