News Portal

  • आयुष खरेल अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

    हिमाली संचार संवाददाता
    ७२१ पटक

    वाशिंगटन डिसी – अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे-मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको इतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।

    दोस्रो पुस्ताका खरेल १२ वर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस शहर नजिक रहेको हे-मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन ।

    १३ वर्षअघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोगमा सदस्यमा छानिएपछि स्थानीय हे-मार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने खरेलले बताएका छन् ।

    अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ। खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफूले थप काम गर्ने बताए।

    अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदन दिएर अन्तर्वार्ता दिएर उतीर्ण हुनु पर्छ । उक्त चरण उतीर्ण गरे पछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइ पारित भएपछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रकृया छ।

    आयुष खरेलले उच्च बिद्यालय (हाईस्कुल) उतीर्ण भर्जिनिया अमेरिका बाट नै गरेका हुन् । खरेलले  पूर्वस्नातक (अन्डरग्राजुएट)गरेका छन् भने हाल उनी एमाजोनमा साइबर(अन्तर्जाल) सुरक्षामा काम गर्दछन् । नेपाली मूलका मधु पन्थी नगर परिषद् सदस्य रहेको उक्त पद रिक्त भएपछि उक्त पदको लागि १५ जनाको निवेदन मध्ये आयुष खरेल छानिएका हुन् । मधु पन्थी प्रस्तावक रही हे-मार्केट नगर परिसदको बैठकको बन्द सत्रमा बृहत छलफल भै सिफारिस गरेपछि हे-मार्केटका नगर प्रमुख डेविड लिकले अन्तिम निर्णय गर्दै आयुषलाई मनोनित गरेका हुन् ।

    आयुष समाजसेवी तिलक खरेल तथा अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) कि अध्यक्ष कमला खरेल का सुपुत्र हुन् । उनी उक्त पदमा अगस्त २० तारिख देखि नै लागू हुने गरी मनोनित भएका छन् । उनलाई हे-मार्केटको नगर परिषद को गत अगस्त ६ तारिखमा बसेको बैठकले मनोनित गरेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...