News Portal

फेसबुकले हटाइदियो साढे ६ सय नक्कली अकाउन्ट

हिमाली संचार संवाददाता
६९४ पटक

एजेन्सी –भ्रामक राजनीतिक गतिविधिमा लिप्त भएको आरोपमा फेसबुकले सयौँ अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको छ ।

यसरी प्रतिबन्धित हुनेमा अधिकांश अकाउन्ट इरान र रुससँग सम्बन्धित रहेका बताइएको छ ।

अनुचित गतिविधिमा संलग्न रहेका रुस र इरानसँग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाइएको फेसबुकले जनाएको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावलाई प्रभावित गर्नका लागि रुसी एजेन्टहरुद्वारा फेसबुकको प्लेटफर्ममा अभियान चलाएको खुलासा भएसँगै फेसबुकले आफ्नो नीतिलाई मजबुत गर्ने कार्यमा जुटेको थियो । फेसबुकसँगै अन्य सोसल मिडियाहरुले पनि पछिल्लो समयमा भ्रामक राजनीतिक अभियानको विरुद्धमा सख्त कदम अघि बढाइरहेका छन् ।

ट्वीटरले पनि यसअघि २ सय ८४ वटा अकाउन्ट बन्द गरेको जानकारी गराएको थियो ।

भ्रामक राजनीतिक गतिविधि चलाउने अकाउन्टहरुमा रहेका सामाग्रीहरुको समीक्षा अझै पूरा नभएको भन्दै फेसबुकले यस विषयको सूचना अमेरिका तथा बेलायत सरकारलाई दिएको बताइएको छ ।

फेसबुक सीर्इओ मार्क जुकरबर्गका अनुसार मानिसमात्र नभएर केही देशहरु नै हरसम्भव तरिका लगाएर फेसबुकका सेवाहरुको दुरुपयोग गर्ने कोसिस गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...