News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव सम्पन्न

    हिमाली संचार संवाददाता
    ३९२ पटक

    कुवेत ०१, २०२० फेब्रुअरी : कोसेली समुह कुवेतको बाह्रौं वार्षिकोत्सव सम्पन्न भएको छ। कुवेतको फरवानियास्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो शुक्रबार साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो।

    कार्यक्रम नेपाली राजदूतावास, कुवेतको नेपाली समाजमा कृयाशिल संघसंस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, साहित्यप्रेमी, कलाकारहरूको रोहबरमा भव्य रूपमा सम्पन्न भएको थियो।

    कोसेली समुहका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, दूतावासकै द्वित्तिय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष एवं कोसेली समुहका संस्थापक संरक्षक सुजन केसि, समुहका सल्लाहकार मनु भुजेल मगर, कार्यक्रम संयोजक राजन श्रेष्ठ, आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ र जजिरा एयरका प्रतिनीधिको विेशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारी/प्रतिनीधीहरू, विभिन्न मिडिया हाउसहरुमा कार्यरत पत्रकारहरू, कुवेतको नेपाली समाजका अग्रज सामाजिक व्यक्तित्वहरू, साहित्यप्रेमी सर्जकहरू, कलाकारहरू लगायत वार्षिकोत्सव समारोहमा उपस्थित कुवेतवासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको आतिथ्यतामा सम्पन्न भएको हो।

    उक्त कार्यक्रममा दीप प्रज्वलनको साथ समुहको १२ औं वार्षिकोत्सवको केक काटी समुहद्वारा प्रकाशित कुवेतको नेपली समाजको एक मात्र छापा पत्रिका मरूभूमिको कोसेली छापा पत्रिकाको ३१ औं अंकको विमोचन गरिएको थियो।

    १२ औं वार्षिकोत्सवको शुभकामना दिंदै प्रमुख अतिथि महामहिम राजदूतले पत्रकार भनेको समाजको ऐना हो भन्दै पत्रकारहरूले आफुलाइ भन्दा पनि अरूलाइ सुशुचित गर्न अरूलाइ सभ्य बनाउन महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताउँदै प्रवासको ठाउँमा पनि आफ्नै भाषाको छापा पत्रिका पढ्न पाउनु राम्रो कुरा भन्दै कोसेली पत्रिकाले दिर्घकालसम्म जानका लागि सुधार्नु पर्ने पक्षबारे औंल्याएका थिए।

    एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार महासंघका सदस्य डम्बर प्रसाद रिमाल, जनजाती महासंघका महासचिव मञ्जित चाम्लिङ राइ, सामाजिक वुद्धिजीवि व्यक्तित्व खोप गुरूङ, सुदुरपश्चिमेली समाजकी अध्यक्ष निरूमाया खड्का लगायतका वक्ताहरूले शुभकामना दिने दिएका थिए।

    दुइचरणमा सम्पन्न वार्षिकोत्सव समारोहमा पहिलो चरणमा शुभकामना मन्तव्य र दोश्रो चरणमा साहित्य वाचन तथा सांगीतिक प्रस्तुतिहरू पस्किएको थियो।

    पहिलो चरणको कार्यक्रम छापा पत्रिकाका प्रधानसम्पादक तोयानाथ दाहालले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम मरूभुमि हालचाल प्रमुख अमर खड्काले संचालन गरेका थिए।

    तितोपाटी डटकमका प्रधानसम्पादक नबराज पन्थीको स्वागत मन्तव्य र समुहका सल्लाहकार सम्पादक एवं टिप्पणीकार हरिकृष्ण न्याैपानेले कोसेली समुहको गतिविधि बारे प्रकाश पारेका थिए।

    कलमको माध्यमबाट संस्थाको स्तरोन्नतीको लागि अविछिन्न योगदान पुर्‍याएकोमा छापा पत्रिकाका प्रधानसम्पादनक तोयानाथ दाहाललाइ र संस्थाको विकास, बिस्तार र प्रवर्धनको लागि योगदान दिएकोमा कोषाध्यक्ष राजन श्रेष्ठलाइ सम्मान गरेको थयो।

    मिडिया टिममा रहेर कार्य गर्ने अमर खड्का, बसन्त थापा, चन्द्र बहादुर बिक र जयनारायण माझी थारूलाइ प्रशंसापत्र प्रदान गरिएको थियो।

    नेपालमा पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइ सकेका शुरेश बुढाथत्रकी र कुवेतमा सफलताको शिखर चढ्दै गरेका भरत पाैडललाइ वार्षिकोत्सवको अवसर पारेर कोसेली टिममा प्रवेश गराइएको थियो।

    दोश्रो चरणको कार्यक्रममा कोसेली समुहकै अमर खड्का र माधव पाैडेलको १०-१० रचना सम्मिलित गजल संग्रह ‘अन्वेषिका पाइला’को कुवेतमा सार्वजनिक गरिएको थियो भने विभिन्न साहित्यप्रेमी महानुभावहरूले गजल वचन गरेका थिए।

    कार्यक्रमलाइ मनोरन्जनात्मक बनाउन कुवेतका स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिइएको उक्त कार्यक्रममा साहित्य वाचन गर्ने सर्जकहरू एवं गायन र नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाइ प्रमाणपत्र प्रदान गरिएको थियो।

    रात्रीभोजको साथ समापन गरिएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति आनन्द आचार्यले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न लागि पर्ने सिंगो कोसेली टिम, प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्ने नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघसंस्थाहरू, पत्रकारहरू, व्यावसायीहरू तथा कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाइ दिनुहुने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...

    नवलपरासीमा चार महिनाको बालकमाथि आमाबुवाको हिंसा, उपचारको क्रममा निधन

    वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको...

    बेलौरीको घटियाघाटमा जलेको अवस्थामा भेटिएका व्यक्तिको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्दै

    कञ्चनपुर, वैशाख ९ – कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाट क्षेत्रमा मंगलबार बिहान जलेको अवस्थामा फेला...