News Portal

सल्यानको सल्लिवजार दाउरे र बाख्रेवजारको रूपमा परीचित बन्दै

हिमाली संचार संवाददाता
१५५७ पटक

दुर्गा वि.सी. – सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सदरमुकाम रहेको सल्लीवजार हाल आएर दाउरे  र वाख्रेवजारका रुपमा चिनिन थालेको छ । वजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्नले सडक साँघुरो हुन भएको छ । देशका विभिन्न स्थानबाट आवत जावत गर्ने सवारी साधानलाई समेत प्रत्यक्ष असर पारेको छ । सडक साँघुरो एकातीरको समस्या छ ।  त्यसै माथि सडकमै पसल थापेर सरसामान व्यापार गरिरहेका छन् भने आर्को तर्फ दाउरा र वाख्रा समेत सडकमा राख्न थालेका छन् ।

प्रहरी प्रशासन,नगर प्रमुख,उपप्रमुख र १२ वटै वडाका वडा अध्यक्ष जनप्रतिनिधीहरु समेत दैनिक दिन यहि वजारमा भेटिन्छन् । जनप्रतिनिधीले यस तर्फ ध्यान र चासो  नदिएको देखिन्छ । सडक अतिक्रणका कारणले आवज जावत लगाएत हरेक समस्या आई परेको र दुर्घटनाका घटना वढिरहेको स्थानीयको भनाई छ । यस तर्फ नगरपालिकाले समेत ठोस योजना ल्याई कार्यन्वयन गर्न नसकेको गुनासो छ ।

सामान्य व्यवहारीक कुरा नहेरी यातायातका साधानलाई दण्डीत गर्ने ट्राफिक समेत विहान देखि वेलुका सम्म यहि वजारमा घुमफिर भैरहेको देखिन्छ । तर यस तर्फ कसैले ध्यान दिन सकिरहेको छैन् । हाल चलनमा रहेको १५ मिटरको सडकलाई अतिक्रमण गरि ६ मिटरमा सिमित पार्दा समेत सवै निकाय मुखदर्शक वनेका छन् ।

छिन्चु जाजरकोट सडक खण्डमा सवारी चलाउने चालक देखि सहयोगि र यात्रुहरुले सम्मले यो वजारको नाम दाउरे र वाख्रेवजार राखेका छन् । वाख्रा देखि दाउरा समेत सडकमै राखेर सडक साँघुरो पारेकोले आवत जावतमा कठिनाई हुने गरेको छ । जसका कारण दिनानुदिन सडक दुर्घटनाका संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

बन्गाड कुपिण्डे नगरपालिकाले सडक अतिक्रण गरि वनाएका घरटहरा हटाउन त टाढै जावस सडकमै निर्माण समाग्रि र दाउरा,वाख्रा र व्यापार गर्नेलाई कारवाहि गर्न सकेको छैन् ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...