News Portal

सल्यानको सल्लिवजार दाउरे र बाख्रेवजारको रूपमा परीचित बन्दै

हिमाली संचार संवाददाता
१६४३ पटक

दुर्गा वि.सी. – सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सदरमुकाम रहेको सल्लीवजार हाल आएर दाउरे  र वाख्रेवजारका रुपमा चिनिन थालेको छ । वजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्नले सडक साँघुरो हुन भएको छ । देशका विभिन्न स्थानबाट आवत जावत गर्ने सवारी साधानलाई समेत प्रत्यक्ष असर पारेको छ । सडक साँघुरो एकातीरको समस्या छ ।  त्यसै माथि सडकमै पसल थापेर सरसामान व्यापार गरिरहेका छन् भने आर्को तर्फ दाउरा र वाख्रा समेत सडकमा राख्न थालेका छन् ।

प्रहरी प्रशासन,नगर प्रमुख,उपप्रमुख र १२ वटै वडाका वडा अध्यक्ष जनप्रतिनिधीहरु समेत दैनिक दिन यहि वजारमा भेटिन्छन् । जनप्रतिनिधीले यस तर्फ ध्यान र चासो  नदिएको देखिन्छ । सडक अतिक्रणका कारणले आवज जावत लगाएत हरेक समस्या आई परेको र दुर्घटनाका घटना वढिरहेको स्थानीयको भनाई छ । यस तर्फ नगरपालिकाले समेत ठोस योजना ल्याई कार्यन्वयन गर्न नसकेको गुनासो छ ।

सामान्य व्यवहारीक कुरा नहेरी यातायातका साधानलाई दण्डीत गर्ने ट्राफिक समेत विहान देखि वेलुका सम्म यहि वजारमा घुमफिर भैरहेको देखिन्छ । तर यस तर्फ कसैले ध्यान दिन सकिरहेको छैन् । हाल चलनमा रहेको १५ मिटरको सडकलाई अतिक्रमण गरि ६ मिटरमा सिमित पार्दा समेत सवै निकाय मुखदर्शक वनेका छन् ।

छिन्चु जाजरकोट सडक खण्डमा सवारी चलाउने चालक देखि सहयोगि र यात्रुहरुले सम्मले यो वजारको नाम दाउरे र वाख्रेवजार राखेका छन् । वाख्रा देखि दाउरा समेत सडकमै राखेर सडक साँघुरो पारेकोले आवत जावतमा कठिनाई हुने गरेको छ । जसका कारण दिनानुदिन सडक दुर्घटनाका संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

बन्गाड कुपिण्डे नगरपालिकाले सडक अतिक्रण गरि वनाएका घरटहरा हटाउन त टाढै जावस सडकमै निर्माण समाग्रि र दाउरा,वाख्रा र व्यापार गर्नेलाई कारवाहि गर्न सकेको छैन् ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...