News Portal

  • पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री खानले सरकारी निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

    हिमाली संचार संवाददाता
    ६९३ पटक

    एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् ।

    उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।

    खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् । ‘म त बानागाला छाड्न चाहन्नथेँ’ खानले भनेका छन्, ‘तर, यसका लागि बाध्य भएँ ।’

    प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् ।

    बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । साथै सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने प्रधानमन्त्री खानले बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...