News Portal

सद्भाव सहकारीकाे १०औं साधारणसभा सम्पन्न, हिमालीसंचारकर्मी बराल सम्मानित

हिमाली संचार संवाददाता
८७४ पटक

रबिन्द्र बराल : मोरङ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १०ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७५/७६ को आयव्यय प्रस्तुत गरिएको थियो।

संस्थाले कुल ५ करोड ८३ लाख ९० हजार ८ सय ६३ रुपैया लगानी गरेकाे छ। संस्थाले १ करोडौं १५ लाख ६६ हजार ७सय ७१ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ८२ लाख ६७ हजार ५ सय ३७ रुपैया गरेको छ।

संस्थाले ३२लाख २९ हजार २ सय ७३ रुपैया शुद्ध मुनाफा समेत गरेको छ। कार्यक्रमकाे बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुकाे साथै लेखा समितीकाेे तर्फबाट लेखा प्रतिवेदन लेखा संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए।

उक्त संस्थाकाे ७ सय २४ जना शेयर सदस्य छन भने सदस्य रहेको छ। संस्थाले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्स लाई वितिय कारोवार गर्दे आइरहेको छ। सो अवसरमा सस्थाले वृद्धबृद्धा, अपाङ्ग, लगायत ६५ जना कम्वल बितरण गरेका थिए।

त्यसैगरी २०७५ सालमा सामुदायिक बिधालयबाट see परिक्षामा उत्कृष्ट छात्र ,छात्रा हरुलाई प्रसंसा पत्र बितरण गर्नुकाे साथै मकालु टेलिभिजनका रंगेली रिपोटर दिलिप अग्रवाल र एभिन्युज टेलिभिजन तथा अाेवि बिराटनगर , हिमालीसंचारडटकमका रंगेली रिपाेेटर रबिन्द्र बराललाई समेत संस्थाले कदर पत्र समेत हस्तान्तरण गरिएको थियोे।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी,स्थानीय युवालाई समेत सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा का सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि रंगेली नगरपालिका मेयर दिलिप बगडिया डिभिजन सहकारी कार्यलयका ताेयानाथ तिम्सिना वडाध्यक्ष रामचन्द्र मंन्डल, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, बुद्धिजीवी दिनेश ठाकुर, श्यालाल शर्मा लगायतकाे उपस्थिति समेत रहेको थियोे।

संस्थाका उपाध्यक्ष प्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र अार्थिकस्थिति न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋिण उपलब्ध गराएकाेमा धन्यवाद समेत दिएका छन। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...