आज : २०२६-०६-३०, मङ्गलबार

ब्लक लिस्ट उपहार आयो !

~ श्रीराम स्वरुप

कसरी समालिन्छ यो छाती भारी पुरस्कार आयो
आज आफ्नै प्रेमिकाको ब्लक लिस्ट उपहार आयो

भुल्न खोजेर भुल्न सकिदैनन कतिपय कुराहरु
तिमीले गरेका बाचा बन्धनको याद लगातार आयो

मुस्किलले जोडेर धौधौ सयसम्म पुर्याएको थिएँ,
मुल्यांकन भएन जब जग भत्काउन हजार आयो।।

पैतालाले गर्ने सम्म काम पनि उसले गर्न सकेन
जसलाई बचाउन सधैं अगाडि मेरो निधार आयो

तिमी सँगै छौ र पनि यति सुरक्षित छौ बुझ्नुपर्ने
हेर उता फेरि बलात्कृत नारीको अखबार आयो।