News Portal

श्री ग्राम लक्ष्मी बचत सहकारीकाे १०औं वार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार डटकमकर्मी बराल सम्मानित !

हिमाली संचार संवाददाता
४२९ पटक

रबिन्द्र बराल : श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ६ स्थित अाधारभुत बिधालय मधुवनी मा उक्त साधारणसभा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय प्रस्तुत गरिएको थियो।

संस्थाले कुल १ करोड १५ लाख १९ हजार ८६ रुपैयाँ कूल आम्दानी गरी १७ लाख ७७ हजार ६ सय ५१ रुपैया खर्च गरेको छ। उक्त संस्थामा ३ सय ५५ जना सदस्य रहका छन।

संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँपालिकाका े क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ ।

सहकारीले हिमाली संचार डटकम रंगेलीका सम्वादाता रबिन्द्र बराललाई सम्मान गरिएको छ।
त्यसैगरी यस बर्षकाे see परिक्षामा उत्कृष्ट अंक प्राप्त गरेका एक जना छात्र ,छात्रा उत्कृष्ट बचत कर्ता, तथा बिभन्न संस्थाहरुका अग्रजहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा का सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि भाेगेन्द्र यादव , अशाेक मंन्डल, उषा मंन्डल, जीवन बिकास उपाध्यक्ष भरत लाल बहरदार,बल बहादुर अधिकारी , लगायतको उपस्थिति समेत रहेको थियोे ।

कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋण उपलब्ध गराएकाे मा धन्यवाद समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...