News Portal

निर्मला पन्त बलात्कार प्रकरण : यसरी पक्राउ परे उभियुक्त विष्ट 

हिमाली संचार संवाददाता
९३० पटक

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न दिलीप कुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–२ उल्खाटाम स्थायी घर भएकी कक्षा ९ मा अध्ययनरत पन्तको बलात्कारपछि हत्या भएसँगै कञ्चनपुर प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरोले संयुक्त रुपमा अनुसन्धान शुरु गरेको थियो । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो ।

‘घट्नाको मुख्य अभियुक्त दीलिप कुमार विष्ट नै भएको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘घटनास्थलबाट ५० मिटरको दूरीबाट विष्टलाई पक्राउ गरेका छौं, थप अनुसन्धान भइरहेको छ ।’

सोमबार साँझ पत्रकार सम्मेलन गरेर हत्या आरोपी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले घटना घटेको २५ औं दिनमा विष्टलाई पक्राउ गरेको हो । अभियुक्त विष्ट निर्मलाको छिमेकी गाउँका स्थायी बासिन्दा हुन् । नेपालपथबाट

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...