युएई । तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी करिब ४ वर्षअघिदेखि युएईको जेलमा छन् ।
अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने क्रममा फसेको उनकी श्रीमती डम्बरकुमारी जोगीले बताइन् ।
सन् २०१४ मे ६ का दिन जोगी चढेको गाडीबाट फिलिपिनी सहकर्मी अचानक खसेपछि खड्कबहादुरले साथीलार्इ उठाएर आफ्नो कम्पनीको सुपर भाइजरलाई घटनाबारे जानकारी दिएका थिए ।
सुपरभाइजरले कम्पनीको अर्को गाडी मगाई हस्पिटल पठाउनु भन्ने निर्देशन दिएको र सोही अनुसार घाइते फिलिपिनोलाई उठाएर हस्पिटल पु¥याएप५ मृत्यु भएको थियो ।
घाइतेको निधन भएको रात १२ बजेतिर जोगीलाई यएर्इ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । घाइते मित्रलाई बचाउनका लागि जोगीले गरेको प्रयास नै अपराध आरोपित भएपछि जोगी पक्राउ परे । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान निरन्तर दिइरहेका छन् । तर, जोगीलाई स्थानीय अदालतले हत्याको आरोप लगाएको छ । यो मुद्दामा अदालतले ५ वर्ष कैद र युएई दिराम २ लाख (करिब ६० लाख नेपाली रुपैयाँ) निज मृतक फिलिपिनोको परिवारलाई बुझाउनु भन्ने निर्णय गरेको छ ।
नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदुत सागरप्रसाद फुयालले जोगीले सन् २०१९ को मार्च सम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरेअनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताएका छन्। अदालतले तोकेको ब्लडमनी सम्बन्धित स्थान र समयमा जम्मा नगरेमा ५० वर्षीय जोगीलाई मृत्युदण्ड हुने उनकी श्रीमती डम्मरकुमारीले रुदै बताइन् । बि.स. २०७० सालमा युएई आएका जोगी २०७१ सालदेखि अबुधाबीको अल वातब जेलमा कैदी जीवन बाचिरहेका छन् ।
खड्कबहादुरको मुक्तिका लागि पहल सुरू
इजरायलमा रहेका सामाजिक अभियन्ता तथा संचारकर्मी देव बास्कोटाले यो विसयमा आवाज उठाएपछि जोगी बचाउ अभियान गाउँस्थरबाट सरु हुन लागेको आफन्त कुमार गिरीले बताएका छन् ।
युएईको नेपाली समुदायमा करिबकरिब अज्ञात रहेको यो विसयको बारेमा चर्चा सुरु हुन थालेको छ । तेह्रथुम जिल्ला प्रशासनमा गएर जोगीका लागि आवस्यक कागजात तयार पार्न लागिएको नेपाल बिदामा रहेका बास्कोटाले बताए ।
अति निम्न वर्गीय परिवारका जोगीका घरमा श्रीमती सहित २ छोरी, ८० वर्षीया आमा र बुबा गरी ६ सदस्य छन् ।बिहानबेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवारले ६० लाख रुपैयाँ जम्मा गर्न असम्भव भएकोले विश्वभरिबाट सहयोगको औपचारिक अपील गरिने परिवारका सदस्य गिरीले बताएका छन् ।
तेह्रथुमका समाजसेवी, बुद्धिजीवी र परिवारका सदस्यसहितको एक उद्दार समिति गठन गरी उक्त समितिले परराष्ट्र मन्त्रालय हुँदै युएईको नेपाली दूतावास र एनआरएनए जस्ता अन्तर्राष्ट्रिय समाजसेवी संघसंस्था मार्फत अभियान संचालन गर्नेबारे प्रक्रियागत कामकारबाही अगाडि बढिरहेको बताए ।